Tuesday, August 3, 2021
Homeप्रदेशप्रदेश ३भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

टेनिस रोका,
sharethis

काठमाडौं ।सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।

खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।

प्रधानमन्त्री निवास बालुटावरमा हालै बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । कोरोना नियन्त्रणका खोप अपरिहार्य रहेको बताउँदै खोप खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए ।

सरकारका एक मन्त्रीका अनुसार भारतले नदिएपछि आवश्यक खोप चीनबाट खरिद गर्न लागिएको हो । यसअघि, कोभिसिल्ड खोपको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन खोप अभाव देखिएको जनाइएको छ ।

नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिदका लागि सम्झौता गर्दै ९३ लाखसमेत उपलब्ध गराएको थियो । सेरमले तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको जनाउँदै आएको छ । भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिसिल्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन नसकेको हो । नेपाली अधिकारीहरूले खोप माग गर्दा भारतको सो इन्स्टिच्युटले ब्याजसहित पैसा लैजानु भनेकाले अब भारतबाट खोप आउन कठिन भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताए ।

नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिसिल्ड खोप खरिद सम्झौता गरेकोमा त्यसमध्ये १० लाख मात्रा नेपालमा आउन बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा २३ लाख ८२ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको र करिब ७ लाखभन्दा बढीले दोस्रो मात्रा लगाएको जनाएको छ । नेपालमा हालसम्म खरिद र अनुदानमार्फत ४२ लाख ४८ हजार डोज खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालका लागि भारतले हालसम्म अनुदानमा १० लाख मात्रा कोभिसिल्ड खोप दिएको छ । कोभ्याक्स योजनाअन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको बताइएको छ ।

(Visited 243 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

ट्रेन्डिङ

बाल कवितामा प्रश्ना सुवेदी उत्कृष्ट

काठमाडौं । लकडाउनको समय गत वैशाखमा शैली थिएटरले घोषणा गरेको विश्व बाल कविता महोत्सवको नतिजा सो थिएटरले सार्वजनिक गरेको छ । विश्वभरिबाट बाल कविता...

गोपीचन्द्रले टोकियो ओलम्पिक खेल्ने

नेपालगन्ज । गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । ओलम्पिक छनोटको रूपमा रहेको छैटौं संस्करणको धारा नेपालगन्ज...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)