पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

 

पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमणदर नघटेकाले असार १४ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञालाई केहि खुकुलो भने बनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैंक तथा वित्तिय संस्थाहरु नियमित रुपमा सञ्चालन गर्ने, निर्माण सामाग्री र खाद्यान्हका पसलहरु बिहान पाँच बजेदेखि दश बजेसम्म सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ ।

अत्यावस्यक बाहेकका सबै प्रकारका सवारी साधन भने सञ्चालनमा रोक लगाउने निर्णय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले बताए । यसअघि जारी गरिएको निषेधाज्ञा सोमबार राती १२ बजे सकिंदैछ ।

 

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

epaper

ताजा समाचार

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी