बझाङ। दाउरा काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी साईपाल गाँउपालिका वडा नम्बर ४ धुली लाफडीकी ५४ बर्षिया छ्योई लामालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । बुधबार विहान गाँउ नजीकै रहेको कृमशैन जंगलमा दाउरा काट्ने क्रममा लडेर झण्डै ४० मिटर तल खसेर बेहोस अवस्थामा स्थानीय राक्तोल लामाले देखी पछि उनलाई गाँउ ल्याएका थिए ।
नजीकै सामुदायिक स्वास्थ्य ईकाई केन्द्र रहेपनि सो ठाँउमा उपचार सम्भव नभएपछि गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीको विषेश पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत घाईतेको उद्धार गर्न सफल भएको घाईतका आफन्त भिम बहादुर तामाङले बताए । घाईतको अहिले नेपालगंजमा मेडीकल कलेजमा उपचार भैरहेको छ । हेलीकोप्टको लागत गाँउपालिकाले बेहोर्ने उनले बताए ।
जिल्लाको सबै भन्दा दुर्गम भएका कारण सुविधा सम्पन्न अस्पताल वा स्वास्थ्य चौकी नभएकोले धेरै जस्तो स्थानीयले अकालमा ज्यान गुमाउनु परेको स्थानीय बासिन्दा राम बहादुर बोहराको भनाई छ । एक महिना अघि मात्रै साईपाल गाँउपालीका वडा नम्बर १, का परे बोहराको समेत रुखबाट लडेर मृत्यु भएको थियो ।
उनको उपचारका लागी हेलीकोप्टरको पहल गर्दा गर्दै उनको मृत्यु भएको गाँउपालीकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु बताए । साईपाल गाँउपालीकाबाट सदरमुकाम चैनपुर पुग्न ३ दिन लाग्ने भएका कारण सुत्केरी, गर्भवती, लडेर गम्भिर घाईते भएका विरामीहरुको उपचार गर्न निकै कठीन हुने गरेको उनको भनाई छ ।






