हास्य टेलिसीरियल ‘’nuff’ को छायाँङ्कन सुरु

 

काठमाडाैं । निषेधाज्ञा खुकुलो भएसँगै हास्य टेलिसीरियल ‘’nuff’ को छायाँङ्कन सुरु भएको छ । हरेक शनिवार राति ९ बजे ल्त्ख् एगिक र ९ः३० बजे मिडिया हबको अफिसियल युटुब च्यानलबाट प्रसारण भैरहेको हास्य टेलिसिरियल  दर्शक माझ लोकप्रिय हुँदै गएको छ । हाँस्य व्यङ्ग तथा मनोरन्जनात्मक टेलिभिजन कार्यक्रम ‘’nuff’ पनि कार्यक्रमहरु जस्तै निशेधाज्ञाको मारमा परेको थियो ।

निशेधाज्ञा खुकुलो भएसँगै छायाङ्कन भएको सो टेलिश्रृखलाको नयाँ ५२ औं भाग यहि असार १२ गते शनिवार देखी प्रसारण हुने टेलिश्रृखलाका निर्देशक सुरज खनालले बताए । सो टेलिश्रृखलामा निर्देशक खनाल सँगै कमेडि च्याम्पियन पहिलो सिजनका लोकप्रिय कलाकार खड्ग बहादुर पुन मगर(खकपु), रियासा दाहाल,आलिफ खान ,शर्मिला शर्मा , तिलक कोईराला, रिता शिवाकोटी, चन्द्र पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

टेलिश्रृखलामा दिलिप बिष्टको छायाङ्कन , रविन भट्ट , सरिता गौतम र अशोक चौधरी को सम्पादन सँगै शिव शर्माको लेखन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग