Sunday, August 1, 2021
HomeBreaking Newsअब पाँच सदस्यीय मन्त्रिपरिषद्

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यीय बन्न पुगेको हो ।

मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र बाँकी रहेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद भने गुमेको छ ।

गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, उद्योगमन्त्री राजकिशोर यादव, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, संघीय मामिला तथा सामाज्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालय हेर्नेगरी नियुक्त भएका मन्त्री मोहन बानियाँ र वन राज्यमन्त्री आशाकुमारी विक सर्वोच्चको अन्तरिम आदेशसँगै १२ दिनमा नै पदमुक्त भएका छन् ।

यस्तै, उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, ऊर्जामन्त्री शरदसिंह भण्डारी, खानेपानीमन्त्री अनिलकुमार झा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, भूमि व्यवस्थामन्त्री लक्ष्मणलाल कर्ण, श्रममन्त्री विमलप्रसाद श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला बालबालिकामन्त्री चन्दा चौधरी, युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ छन् ।

यसैगरी, ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला बालबालिका राज्यमन्त्री रेणुका गुरुङ पनि पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले गत २१ जेठमा पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि २७ जेठमा पुनः मन्त्रिमण्डल विस्तार गरेका थिए । प्रधानमन्त्री ओलीले पहिलोपटक एमालेका तर्फबाट मन्त्री बनेका एक उपप्रधानमन्त्री, १० जना मन्त्री र तीन राज्यमन्त्री हटाएर दुई उपप्रधानसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।

अर्थमन्त्री विष्णु पौडेलको पनि उपप्रधानमा बढुवा भएको थियो । यस्तै, २७ जेठमा प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

(Visited 253 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

सुनसरीमा ३ सय ६ जनाको निधन

इटहरी । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता सुनसरीमा कोरोनाले तीन सय ६ जना मानिसको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पनि फेरि प्रधानमन्त्री बन्छु कि भनेर जालझेल नगर्न चेतावनी दिएका छन् । आफु...

ट्रेन्डिङ

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

रोयल एन्टवर्पसँग टोटेनह्याम स्तब्ध

लन्डन । युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । गएराति आर्सनलले समूह बीको खेलमा क्लब डुनडल्कलाई तीन शुन्य गोलले पराजित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)