बाढीपीडितलाई एक घन्टामै कलाकारले दिए २० लाख रुपैयाँ

काठमाडौं । सिन्धुपालचोकको हेलम्बुदेखि मेलम्चीसम्म बाढीपहिरोका कारण गत साता घर गुमाएकालाई नेपाली कलाकारले घर बनाउने अभियानका लागि आर्थिक सहयोग सुरु गरेका छन् ।

अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आर्थिक सहयोग घोषणा गरियो । सो कार्यक्रममा विभिन्न कलाकाले आफ्नो तर्फबाट बाढी पीडितका लागि घर निर्माण गर्न आर्थिक सहयोग घोषणा गरे । सो क्रममा अभिनेता किरण केसीले २ लाख ५३ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

सो क्रममा एक घन्टामै कलाकारबाट करिब २० लाख रुपैयाँ जम्मा भयो । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले १ लाख रुपैयाँ घोषणा गरेर कार्यक्रममा राहतको अभियान सुचारु गरिन् । कार्यक्रममा लगत्तै अभिनेता भुवन केसीले सुपरकाजल फिल्मका तर्फबाट १ लाख रुपैयाँ प्रदान गरे ।

यसैगरी, सो कार्यक्रममा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले १ लाख १ हजार रुपैयाँ, नेपाल फिल्म सोसाइटीका तर्फबाट १ लाख १ हजार रुपैयाँ, चलचित्र निर्देशक जनकदीप पराजुलीका तर्फबाट १ लाख १ हजार रुपैयाँ प्रदान गरे । यस्तै टेलिचलचित्र हर्के हल्दारका तर्फबाट ७५ हजार रुपैयाँ, अग्रज कलाकार मदनदास श्रेष्ठका तर्फबाट ७५ हजार रुपैयाँ र घर निर्माणका लागि छुट्टै ५ लाख प्रदान गर्ने घोषणा गरे ।

यस्तै गायिका सुनिता दुलालका तर्फबाट ५१ हजार ५ सय ५५ रुपैयाँ, अभिनेता निर्माता मधुकुमार श्रेष्ठका तर्फबाट ५१ हजार रुपैयाँ, नेपाल चलचित्र कलाकार संघका तर्फबाट ५१ हजार रुपैयाँ, हास्य अभिनेता जितु नेपालका तर्फबाट ५१ हजार रुपैयाँ, संगीतकार तथा गायक चेतन सापकोटाका तर्फबाट ५१ हजार रुपैयाँ, कलाकार लेखक निर्देशक कृष्ण ढुंगानाका तर्फबाट ५० हजार रुपैयाँ सो कार्यक्रममा प्रदान गरियो ।

यस्तै हास्य अभिनेता एवं निर्देशक सुरेन्द्र केसीले २५ हजार रुपैयाँ, शिवहरि नेपाल बैरागीले २५ हजार रुपैयाँ, चलचित्र निर्माता एवं वितरक गोपालकाजी कायस्थले २५ हजार रुपैयाँ, कलाकार राज केसीका तर्फबाट २५ हजार ३ सय रुपैयाँ, नेपाल चलचित्र नृत्य कलाकार संघका तर्फबाट २५ हजार रुपैयाँ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका तर्फबाट २५ हजार रुपैयाँ, बालकलाकार अपेक्षा शेरचनका तर्फबाट १० हजार रुपैयाँ प्रदान गरियो ।

कार्यक्रमका संयोजक एवं अभिनेता कृष्ण मल्लले यतिबेला सिन्धुपाल्चोकका बाढी पीडितका लागि घर आवश्यकता भएको बताए । सोही कारण अन्य रातहभन्दा आफूहरूले कोषमा पैसा संकलन गरेर घर निर्माणका लागि सहयोग गर्न लागेको हो भने ।

यो अभियानका सहसंयोजक एवं चलचित्र निर्देशक कलाकार कृष्ण ढुंगानाले आर्थिक हिनामिन नहोस् भनेर आफूहरूले सबैको चेक कोषमा जम्मा गर्न लगाएको बताए । यो अभियानमा एक पैसा पनि हिनामिना नहुने उनले दाबी गरे ।

एक घन्टामै २० लाख रुपैयाँ संकलन भएर सञ्चालनमा आएको यो कोषमा देशविदेशबाट ठूलो रकम आउने र आफूहरूले बाढी पीडितका लागि घर बनाउन सक्दो सहयोग गर्ने पनि बताए । स्वेदश–विदेशका कुनै पनि दाताले यो कोषमा पैसा हालेको खण्डमा उनीहरूको नामसहित सहयोग गरेको रकम’bout खुलाउने पनि ढुंगानाले जानकारी गराए ।

सो कार्यक्रममा बोल्दै अभिनेता भुवन केसीले आफूहरूले २०४५ सालबाटै दर्शकलाई परेको बेला सहयोग गर्दै आएको बताए । यसपटक सिन्धुपाल्चोकमा बाढीले निकै ठूलो क्षति पु-याएका कारण आफूहरूले सकेको सहयोग गर्न लागेको बताए ।

यो अभियानलाई साथ दिएकी अभिनेत्री करिश्मा मानन्धरले यतिबेला मेलम्चीवासीलाई घरको आवश्यकता भएकाले उनीहरूलाई घर बनाउन सहयोग पुगोस् भनेर आफूले १ लाख रुपैयाँ प्रदान गरेको बताइन् । थोरै थोरै सहयोगले ठूलो राशी जम्मा हुने विश्वास उनले व्यक्त गरिन् ।

यो अभियानसँग जोडिएका हास्य अभिनेता जितु नेपालले यस्तो बेला आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भनेर कृष्ण मल्ल, करिश्मा मानन्धरलगायतको सल्लाहमा यो अभियान सुरु गरिएको बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी