शिव श्रेष्ठका पाकिस्तानमा उधुम मच्चाउने सिनेमा

 

नेपाली सिने फाँटका ‘एक्सन किङ’ शिव श्रेष्ठ कला क्षेत्रका ‘ठुल्दाइ’ हुन् । चर्चित अन्तर्राष्ट्रिय अभिनेतासमेत रहेका उनले आफ्नो अभिनय कलालाई नेपालभित्रै सीमित नराखेर पाकिस्तान, बंगलादेश, श्रीलंका तथा थाइल्याण्डसम्म पु¥याएका छन् ।
‘जीवन रेखा’बाट नेपाली सिनेमा जगतमा प्रवेश गरेका श्रेष्ठले दर्जनौं पाकिस्तानी चलचित्रमा कुशल अभिनय गरी उर्दु र पञ्जाबी दर्शकमाझ गहिरो छाप छोड्न सफल भएका छन् ।

कुनै बेला पाकिस्तानी सिनेजगतमा नेपालका ‘शिवा’ नामले चर्चित श्रेष्ठले के–कति र कस्ता पाकिस्तानी फिल्ममा ‘के कस्तो ?’ अभिनय गरेर नामदाम कमाए ? धेरैका लागि खुल्दुलीको विषय हो । त्यसैले ‘एक्सन किङ’का नामले चर्चित श्रेष्ठले अभिनय गरेका दर्जनौं पाकिस्तानी सिनेमामध्ये ७ सुपरडुपर चलचित्रबार चर्चा गरिएको छ ।



अभिनेता शिव श्रेष्ठले ‘डेब्यु’ गरेको पाकिस्तानी फिल्म हो, ‘हम से है जमना’ । नेपाल, पाकिस्तान तथा बंगलादेशका लगानीकर्ताद्वारा निर्माण गरिएको फिल्म ‘डब’ गरेर नेपाल तथा बंगालदेशमा पनि प्रदर्शन गरियो । ‘जीवन ज्योति’ नामले नेपालमा समेत प्रदर्शन भएको यो फिल्म ‘हिट’ हुन पुग्यो । पाकिस्तानमा त धुमै मच्चायो । फिल्म पाकिस्तानका ७ सिनेमा हलमा ५० सातभन्दा बढी चलेर ‘गोल्डन जुब्ली’ मनाउन सफल भयो । ८ मार्च १९८५ मा प्रदर्शन भएको यो फिल्म मोहमद जावेद फजिले निर्देशन गरेका थिए भने प्रमुख कलाकारमा शिव श्रेष्ठ, नदिम, रोजिना, मिनाक्षी तथा तलत हुसैन आदि थिए ।

लेखक : ओम बानियाँ

सन् १९८५ मै रिलिज श्रेष्ठको अर्को सुपरहिट पाकिस्तानी फिल्म हो, ‘जमिन आसमान । नजरुल इसलामद्वारा निर्देशित यस फिल्मका प्रमुख कलाकारमा उनका अतिरिक्त सविता, नदिम तथा मुस्तफालगायत थिए । यो फिल्मले पनि पाकिस्तानमा ‘गोल्डन जुब्ली’ मनायो । श्रेष्ठ जमिन्दारको जबर्जस्त भूमिकामा रहेको यस फिल्मको सुटिङ नेपालमा पनि भएको थियो ।
‘लावा’ श्रेष्ठको अर्को हिट पाकिस्तानी सिनेमा हो । यस सिनेमामा श्रेष्ठ लावाको शक्तिशाली भूमिकामा छन् । सन् १९८७ मा रिलिज चलचित्रका निर्देशक इकवाल कास्मीरि हुन भने अन्य प्रमुख कलाकारमा, शुषमा शाही, इस्माइल शाह, निली तथा रंगीला । फिल्मले पाकिस्तानमा रजत जयन्ती मनाएको थियो ।

सन् १९८७ मै रिलिज पञ्जाबी फिल्म ‘टाइगर’ शिवको अर्को सुपरहिट हो । इकवाल कास्मिरीद्वारा निर्देशित फिल्ममा शिवका अलवा सुल्तान राही, अन्जुमन तथा इस्माइल बब्बर आदिको प्रमुख भूमिका छ । फिल्ममा श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि बाल कलाकारका रूपमा देखिएका छन् । श्रेष्ठ यस फिल्ममा इन्स्पेक्टरको भूमिकामा छन् ।

‘चोरौं कि बारात’ सन् १९८७ मा प्रदर्शित पञ्जावी तथा उर्दु भाषाको पाकिस्तानी फिल्म हो । इकवाल कास्मिरी निर्देशित फिल्ममा शिवको अलवा नदिम, निली, नगमा, सुषमा तथा मुनावर सहिदको प्रमख भमिका छ । यस एक्सन फिल्मले पाकिस्तानमा ‘गोल्डन जुब्ली’ मनाउन सफल भएको थियो ।

यसै वर्ष शिवको अन्य दुई सिनेमा ‘डिस्को डान्सर’ तथा ‘बदला’ पनि रिलिज भए । दुवै चलचित्रले पाकिस्तानमा ‘सिल्भर जुब्ली’ मनाउन सफल भएका थिए । ‘बदला’मा श्रेष्ठ जबर्जस्त एक्सन भूमिकामा छन् ।

सन् १९८८ मा रिलिज ‘हंगामा’ श्रेष्ठको अर्को सफल पाकिस्तानी फिल्म हो । अजिज तबसुम निर्देशति फिल्ममा शिवको अलवा सविता, असिफ खान तथा रंगीला आदिको प्रमुख भूमिका छ । ‘गोल्डन जुब्ली’ मनाउन सफल यस फिल्मका निर्माता परवेज मलिक हुन् । यस वर्ष शिवको एकमात्र सिनेमा रिलिज भएको थियो भने सन् १९८९ मा ‘दुश्मनो के दुश्मन’, ‘लेडी कमाण्डो’ र ‘इन्तकाम हम लेंगे’ गरी तीन पाकिस्तानी फिल्म रिलिज भए भने सन् १९९३ ‘मजबुत’ र सन् १९९८ ‘खतरनाक हसिना’ रिलिज भएका थिए ।



अभिनेता श्रेष्ठलाई पाकिस्तानी फिल्म उद्योगमा स्थापित गर्ने सिनेमा हो, ‘हम एक है’ । सन् १९८६ रिलिज चलचित्र नेपालमा ‘हामी एक हौं’ को नाममा रिलिज भएर धुम मचाएको थियो । यस ‘बल्क्बस्टर’ सिनेमाले शिवलाई पाकिस्तानमा ‘सर्वश्रेष्ठ अभिनेता’को पुरस्कारसमेत दिलाएको थियो । सिनेमामा श्रेष्ठ ‘कालका’को महत्वपूर्ण भूमिकामा देखापरेका छन् । यो एक्सन फिल्मका अन्य कलाकारमा सलमा आगा, जावेद शेख, मोहबत अलि तथा रंगीलाको प्रमुख भूमिका छ ।

सो फिल्ममा कृष्टि केसी र मिथिला शर्मा स–साना दृश्यमा देखिएका छन् । यही वर्ष शिवका अन्य दुई पाकिस्तानी फिल्म ‘मिस बैंकक’ तथा ‘बैंकक के चोर’ प्रदर्शन भएका थिए ।

श्रेष्ठ लगभग पाँच वर्ष पाकिस्तानी फिल्ममा काम गरेपछि नेपाल फर्किए । त्यसपछि उनले नेपाली कथानक चलचित्र ‘चिनो’ खेले । ‘चिनो’ नेपाली चलचित्र जगतको निकै चर्चित नाम हो ।

यही फिल्मबाटै हिन्दी सिनेमामा सानोतिनो भूमिका गर्दै आएका सुनील थापालाई नेपाली सिनेमा जगतमा स्थापित गरायो । ‘रजत जयन्ती’ मनाउन सफल यो ‘ब्लकबस्टर’ सिनेमामा श्रेष्ठ जबर्जस्त एक्सन भूमिकामा छन् । अन्तिम साससम्म आफ्नो जीवन सिनेजगतलाई नै समर्पण गर्ने अठोट लिएका छन्, यी ‘लेजेन्डरी’ अभिनेताले ।

 

तपाइको प्रतिक्रिया
(Visited 1,299 times, 1 visits today)

epaper

ताजा समाचार

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने