फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजको स्वास्थ्य सामाग्री

काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो ।

काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जिएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठले फ्रन्टलाइनमा खटिएर नागरिकलाई सही सूचना र समाचार दिने पत्रकारलाई सहयोग गरिएको बताए । काठमाडौं जेसीजले निरन्तर रुपमा विपन्नलाई खाना वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ भने रामेछापसहित विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी