असार १५, दहीचिउरा र धान दिवस

भनिन्छ असार महिना मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि अति विशिष्ट छ । यसरी असार महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महŒव पनि उत्तिकै रहेको छ । असारे महिनामा पानी प¥यो रुझाउने, असारे मासमा धान रोपेझैं खेतमालगायतका विभिन्न रोमाञ्चक र जनमानसमा प्रचलित गीत पुस्तौंदेखि असारको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापि पहिले पहिलेजस्तो रोपाइँका गीत खेतमा लाम लागेर धान रोप्दै सामूहिक रूपमा गीत गाउँदै गरिने धेरै कम मात्र पाइन्छ ।

यस्ता गीत धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जसले गर्दा काम गर्ने खेतालाले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्छन् । यस्ता रोपाइँहरूको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्यस्तताबीच थकाइ मारिने चाड हो, दहीचिउरा, आँपलगायतका परिकारले यस दिनलाई अझ विशेष बनाउने भएकाले नै होला असार १५ लाई दहीचिउरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दूध आफंैले जोरन हाली जमाएर बनाएको दही अनि ढिकी या ओखलमा कुटेको धानको चिउरालाई सरोवरी बोता या दुना टपरीमा राखी दहीको तरल पदार्थ टपरीबाट नझरोस् भन्दै सन्तुलन मिलाएर खाएको दहीचिउराले संसार बिर्साउँछ । हरेक वर्ष जब असार महिना आउँछ अनि हाम्रो देशका विभिन्न भागमा रोपाइँ सुरु हुन्छ । यसबेला रातभरि घनघोर पानी परेपछि सुरु हुने रोपाइँको चहलपहल ज्यादै महŒवपूर्ण हुन्छ ।

यसरी छेउकुनाका झार–बुट्यान खुर्किएर र बाँझो खनेर धान रोप्न ठिक्क पारिएका खेतका गराहरू । पर्म लाउने–तिर्ने मेसोमा त्यसदिन हाम्रो घरमा भेला भएका लाठे र रोपाहार । यता, नारिएका दुई÷चार हल गोरुका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीउ उखेलिसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । फलतः आठ बज्नुअगावै खेतालालाई चिया–खाजाको व्यवस्थापनमा भान्साकोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा, आना हल गोरुपछाडि झुन्डिएको हलोको अनौसँगै त्यसदिनको सारा’ फिल्ड वर्कको कमान्ड’ आफैं धानिरहेका बा, को नै फुर्सदमा हुन्थ्यो र उतिबेला ? हो, बाँकी सबैलाई धमाधमको प्रतीक त्यो असारको १५ थियो । कृषि कर्मका लागि यसमा पनि छुट्टै हली, बाउसे र रोपाहार हुन्थे त्यसदिन । लाठेहरूको सिको गरीगरी हामी खेतको अर्कोछेउमा रोपाइँ सुरु गथ्र्यौं । मूलतः धमिलै पानीमा सही, भेल पसेर बौलाएको बाटोअघिको कुलोमा डुबुल्की मार्दाको त्यसदिनको उन्मुक्ति अर्कै अनुभव हुन्थ्यो ।

हरेक वर्ष असार १५ मा हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै, छुपुछुपु धान रोप्ने र खाजामा दही चिउरा खाने चलन छ

हाम्रो देश भौगोलिक भूबनोटका कारण अकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । त्यसैगरी धान बालीको क्षेत्रफल तथा उत्पादन स्थितिलाई विश्लेषणात्मक रूपमा हेर्ने हो भने प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान बालीको क्षेत्रफल आर्थिक वर्ष २०७६÷७६ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा १ प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, उत्पादनतर्फ अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १ दशमलव २८ प्रतिशत अर्थात् ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यसरी नै धान बालीको उत्पादकत्व अध्यनन गर्ने हो भने गत आर्थिक वर्ष ३ दशमलव ८० प्रतिशत प्रतिहेक्टर मेट्रिक टन थियो भने चालू आर्थिक वर्षमा शून्य दशमलव २८ ले वद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिक टन भएको अनुमान छ । हाम्रो देशमा साधारणतया जुन १० तारिखबाट वर्षा सुरु हुने भनिएको छ । यस वर्ष भने जुन ९ तारिखदेखि नै मनसुन सुरु भएको छ । यसमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । सो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुनी वायु क्रमिक रूपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । यो वर्ष भारतमा सामान्यभन्दा अघि मनसुन सुरु भएको थियो भने नेपालमा पनि छिटो मनसुन सुरु भएको स्थिति छ । तर, त्यसको ठीक उल्टो केही दिन ढिला गरी मनसुन प्रवेश गरेको छ । मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा धेरै वर्षा हुने सम्बन्धित क्षेत्रका मौसमविद्ले बताए । मौसम विद्हरूको भनाइअनुसार यो साल भने जुन ९ देखि मनसुन सुरु भएको सम्बन्धित विज्ञले बताएका छन् । जसले गर्दा यस वर्ष धान समयमा नै रोपाइँ हुनेमा कृषकवर्ग ढुक्क छन् । हाम्रो देश अकासे पानीको भरमा तराई, पहाड र हिमाली भेगमा रोपाइँ हुने हुनाले समयमा वर्षा नभएको खण्डमा रोपाइँ हुन नसक्ने स्थिति हाम्रो देशमा विद्यमान रहेको छ ।

तराईतिर खेतका मालिक आफैं रोपाइँ गर्न पुगे खेतालाले हिलो छ्यापेर भगाउने चलन छ

अन्त्यमा भन्नुपर्दा हाम्रो देशमा भने २०६१ साल मंसिर २९ गते को निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको थियो । यसका लागि समय परिस्थिति अर्थात् अवस्था हेरी खँदिलो तथा दरो नारा तय गरिने गरिएको छ । यसलाई निरन्तरता दिँदै यस सालको नारा भने ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुख्य नाराको साथै १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाउने रूपमा रहेको छ । हाम्रो देश कृषि प्रधान हो । यहाँका दुई तिहाइ बढी जनसंख्या कृषि पेसामा आश्रित रहेका छन् । यहाँ कृषकको भनाइ रहेको छ असारे झरीले रोपाइँ राम्रो होस्, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बीउसँगै एकअर्कासँग माया प्रेम र सद्भावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस् । घरका छाना पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरू टालिँदै जाऊन् अनि तुहिने सपना जागृत हँुदै जाऊन् । जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन् । दहीचिउरा खाने, धान रोप्ने समय असारको १५ लागेपछि बादल पूर्णरूपले परिपक्व भएर पानीका धारा बर्साउँछ, माटो पानीमा रुझेर हिलोको स्वरूपमा कमलो हुन्छ अनि त्यही कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवा रोप्छांै ।

हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेतभित्र छुपुछुपु धान रोप्न छिरेका खेतालाको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । यसको साथसाथै तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ । सामान्यतः जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खुर्सानी अचार आदि लगिदिने चलन छ । तराईतिर खेतका मालिक आफैं धान रोपाइँमा खेत आइपुगे भने सबै जना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसका रूपमा नेपाल सरकारले मनाउन थालिएको हो । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौंठेजोरी खेलेर हेरांै, नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,885 times, 1 visits today)

epaper

ताजा समाचार

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज