अष्ट्रिया बस्ने युवाले हेलम्बुका बाढी पीडितलाई गरे सहयोग

 

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुको चनौटेमा १ असारमा गएको बाढीमा परि समस्यामा परेकालाई अष्ट्रिया बस्दै आएका किरण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

आफन्तजन एवं धनमाल गुमाएकाहरुलाई सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गापा घर भै हाल अष्ट्रिया बस्दै आएका श्रेष्ठको अगुवाइमा आफ्नो गाँस कटाएर संकलन गरेको रकम सामाजिक अभियान्ता तिपेनी युवा कल्बका अध्यक्ष महेश लाल श्रेष्ठ र मनिष लाल श्रेष्ठले पीडित १३ घर धुरीलाई १३/१३ हजार रुपैयाँ दिएका छन् । आफ्नो छिमेकी गाउँलाई दुख पर्दा साथ सहयोग गर्ने सहयोगी दाताहरुप्रति स्थानियले आभार व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित