एजेन्सी । र्यापर कार्डी बी र उनका श्रीमान आफसेटले एक अवार्ड कार्यक्रममा केही समयअघि घोषणा गरेका थिए ‘हामी दोस्रो सन्तानको तयारीमा छौं ।’ उक्त कार्यक्रममा उनीहरुले संगै प्रस्तुति पनि दिएका थिए ।
त्यसको केही महिनापछि कार्डी बीले इन्स्टाग्राममा फोटो पोष्ट गरिन् । जहाँ उनकी तीन वर्षकी छोरी आमाको पेट छामिरहेकी थिइन् । उनी गर्भवती भएको स्पष्ट देखिन्थ्यो । उक्त फोटोसंगै कार्डी बीले लेखिन् ‘मलाई यति थाहा छ उनीहरु एक अर्कालाई असाध्यै माया गर्छन् किनकी जम्मा तीन वर्ष उमेर फरक हुने छ ।’ त्यसो त उनले श्रीमानसंगै न्युड फोटो समेत सुट गराएकी छिन् ।


तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)






