अपहरणमा परेकी सुजिता ९ दिनपछि मृत भेटिइन्

 

काठमाडाैं । अपहरणमा परेकाे भनिएकी चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी घरबाट हराएकाे ९ दिनपछि  मृत भेटिएकी छन् । घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको हो ।

असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले साेही दिन  दिउँसो १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो । अपहरण भएको भन्दै केहिदिन अघि परिवारका सदस्यले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले सोमबार बिहानमात्रै शव उठाइने बताए । फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । शव भेटिएको स्थल शील गरेर राखिएको छ । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटना’bout प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन । ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने