सप्तरी, राजविराज । अविरल वर्षाका कारण महुली खोलामा आएको बाढीले बगाउँदा एक यूवतीको ज्यान गएको छ ।
सोमबार बिहान बाँसको तामा काट्न महुली जंगलतर्फ गएकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ की २२ वर्षिया महाकुमारी साहको महुली खोलाको बाढीले बगाएर ज्यान गएको हो ।
उनीसँगै रहेकी १६ वर्षिया बहिनी आसा भने पौडी खेलेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलबाट बाँसको तामा काटेर घर फर्किने क्रममा महाकुमारीलाई महुली खोलाले बगाएको थियो । हिान ६ बजेतिर बगाएर बेपत्ता बनाएको उनको इलालका प्रहरी कार्यालय महुली र कंचनपुरको संयुक्त टोलीले खोजि गर्दै जाँदा साँझ ६ बजेतिर वेपत्ता भएको स्थानबाट करिब २ सय मिटर टाढा पश्चिम खोलाको दोभानमा मृत शरीर फेला परेको डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
कानुनी प्रक्रिया पश्चात् मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पु-याईएको जानकारी दिँदै उनले अहिलेको अवस्थामा नदी, खोला, पोखरी, नहर, कुलो तलाउ आदि स्थानमा नजान समेत सबैसँग आग्रह गरेका छन् ।






