भारतीय नाकामा सशस्त्र प्रहरीको कोरोना भाइरस हेल्प डेस्क

बारा । भारतीय नाकाहरुमा सशस्त्र प्रहरीले कोरोना भाइरस हेल्प डेस्कको स्थापना गरेको छ । बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा, सुर्वण गाउँपालिका ३ सन्तगंज कवहिगोठमा र सिम्रौनगढ नगरपालिका ६ सतुही गरी तीन भारतीय नाकाहरुमा एकै साथ हेल्प डेस्कको स्थापना गरिएको हो ।

मटिअर्वा प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले मटिअर्वास्थित सशस्त्र प्रहरी बलले आयोजना गरेको हेल्प डेस्को उद्धघाटन गरेका थिए । खुल्ला बोर्डर भएको कारणले बढि आवत जावत हुने भएकोले नाकाहरुमा सञ्चालन गर्नु सराहनीय रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका गणपति दिग बिजय सुवेदीले कोरोना भाइरसले ठुलो महामारीको रुप लिईरहेको बेला देश वा स्वदेशबाट फर्किने यात्रुको मध्यनगर गर्दै तीन ठाँउमा हेल्प डेस्कको स्थापना गरिएको जानकारी गराए । भाइरसबाट डराउनुको सटा स्थानियलाई सचेत तथ सजग गराउनु हाम्रो उद्येश्य रहेको उनले बताए ।

प्राय होलीमा देश बाहिर कामको सिलसिलामा गएकाहरुको फकर्ने बेला भएकोले नाकालाई लक्षित गरेर हेल्प डेस्कको स्थापना गरेको सुवेदीले बताए । नागरिकको जिवधनको रक्षा गर्ने हाम्रो कर्तव्य भएकोले समय आगवै सचेत हुन आवश्य रहेको जानकारी गराए ।

हेल्प डेस्कमा जिल्ला अस्पताल कलैयाका डा. अन्जली चौरसीयाले स्थानियहरुलाई कोरोना भाइरस ’bout सचेतना दिने बताइएको छ । कोरोना भाइरसबाट देखिने लक्षण यसका रोकथामको उपाय’bout बताएकी थिइन् । बडि भिडभाडमा नजान, सावुन पानीले हात सफा गर्न, हाछयुँ गर्दा सफा रुमालको प्रयोग गर्न सुझाएका थिइन् । प्राय रोग लाग्नु भन्दा बचाव नै प्रथम उपाय रहेको समेत उनले बताइन् ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधीहरु तथा कलैया अस्पतालको डा. अन्जली चौरसिया, बि.ओ.पि. कबहिगोठ सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती, सिम्रौनगढ बि.ओ.पि. प्रमुख कविर मल्ल, वडाध्यक्ष शंकर गुप्तालगायतको सहभागिता रहेको थियो ।

चिनबाट सुरु भएको कोरोना भाइरसको रोकथाम बारा जिल्लामा यसरी पहिलो पटक सचेतना मुलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको कामको कार्यक्रमको सहभागिहरुले प्रशंसा गरेका थिए । नागरिकमा कोरोना भाइरस सम्बन्धि सचेतना फैलाउन सशस्त्र प्रहरी बलले तीन वटै ठाँउमा माक्स, सचेतना मूलक पम्पलेट वितरण गरिएको र सो हेल्प डेस्कको आयोजना तीन दिनसम्म गरिने सशस्त्र प्रहरी उपरिक्षक सुवेदीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप