Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsआज एमाले एकता घोषणा

आज एमाले एकता घोषणा

 सुभाष साह,
sharethis

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका हुन् ।

एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्ट कार्यदलले प्रायः विषयमा सहमति जुटाइसकेकाले आइतबार एकता घोषणा हुने बताउँछन् । ‘आइतबार एमाले एकता घोषणा गरेर आमकार्यकर्तालाई सुखद अनुभूति दिने छौं,’ एमाले सचिव विष्टले सञ्चारकर्मीसँग भने, ‘हाम्रो लामो समयसम्मको छलफल र संवादका कारण एमाले अब एकजुट हुने विश्वास गरेका छौं ।’ कार्यदलले शनिबार नै एकता घोषणा गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले एकता घोषणा सहमतिसहित कार्यदल बैठक सकिएको हो । कार्यदलतर्फ माधवकुमार नेपाल पक्ष संयोजक तथा एमाले उपाध्यक्ष भीम रावलले अब एमाले एकजुट हुने दाबी गरे । धेरै विषयमा सहमति भइसकेको बताउँदै उनले त्यसलाई छिट्टै मूर्त रूप दिइने प्रस्ट पारे । ‘अब आमकार्यकर्ताको भावनाअनुसार एमाले एकजुट भएर अघि बढ्छ,’ रावलले भने ।

स्रोतका अनुसार कार्यदलले शनिबार नै पूर्ण रूपमा सहमति खोजेर एकता घोषणा तयारी गरे पनि अन्तिम अवस्थामा आएर त्यसो हुन सकेन । यद्यपि, कार्यदल सदस्य तथा एमाले सचिव विष्टले आज आइतबार घोषणा भई सुखद समाचार प्रसारण हुने बताएपछि आमकार्यकर्ता विश्वस्त देखिएका छन् । ‘औपचारिक र अनौपचारिक रूपमा हामीले धेरै विषय मिलाइसकेका छौं, केही मिल्न बाँकी विषयमा समेत सहमतिनजिक नै छौं,’ विष्टले भने, ‘समाधान खोज्ने बिन्दुमा पुगेका छौं । आजै सुखद समाचार घोषणा गर्न सकेनौं । तर, आइतबार एकताको सुखद समाचार सुन्नुहुनेछ ।’ एमाले नेता एवं अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आज आइतबार एमाले एकता टुंगोमा पुग्ने दावी गरे ।

सबै विवादबारे छलफल गरेर सहमति जुटाइसकेको दावी गर्दै उनले केही मिल्न बाँकी विषयमा सहमति गरेर अन्तिम रूप दिने जानकारी दिए । ‘तीन वर्षदेखिको विवाद समाधान गर्दै सहमति नजिक पुगेका छौं, अधिकांश विषयमा सहमति जुटाइसकेका छौं,’ नेम्वाङले भने, ‘केही मिल्न बाँकी विषयमा सहमति गरेर आइतबार टुंगोमा पुग्ने सहमति भएको छ ।’ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरेर एकता जोगाउन ढिलाई भइरहेको दावी एमाले स्रोतको छ । कार्यदलमा लामो समय छलफल गरेर सहमतिनजिक पुगेको बताइए पनि ओली र नेपाल आ–आफ्नै अडानमा रहनपुग्दा कार्यदलमा समेत पूर्ण सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठन सञ्चालन, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा सम्मानसाथ जिम्मेवारी दिइने विषयमा सहमत छन् । तर, केन्द्रीय कमिटी संख्यामा अझै विवाद मिल्न सकेको छैन । मुख्य विवादित विषयमा दुबै नेता सहमत भए पनि जारी हुने भनिएको संयुक्त विज्ञप्तिको भाषाबारे मतभेद कायमै रहेको एक कार्यदल सदस्यले बताए । कार्यदल सदस्यले बैठक बस्नुअघि ओली र नेपाललाई भेटेका थिए ।

आ–आफ्नो समूहमा छलफल गरेर उनीहरू कार्यदल बैठक बसेका हुन् । यसैबीच, वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार नेपाल निवास कोटेश्वरमा भेटघाट भएको छ । दुई नेताबीच भेटघाट भए पनि राजनीतिक विषयमा छलफल नभएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । उनका अनुसार नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका छन् । एमाले एकताका लागि पहल भइरहेको अवस्थामा नेपाल र दाहालबीचको भेटलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 207 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

आजको समाचार

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

साताका लोकप्रिय समाचार

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२...

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी...

आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले...

अख्तियारद्वारा एक सय बढीसँग बयान

धनगढी । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली...

ट्रेन्डिङ

ज्वाई कुटेर मार्ने ससुरा पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन् । सोही उपमहानगरपालिका–२० नटनपुरुवा...

टिपर दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ मा टिपर दुर्घटनाबाट गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उदयपुरको रौता –५ का...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)