काठमाडौं । आहा रारा गोल्डकप आजबाट सुरु हुँदैछ । आहा गोल्डकपको यो १८ औं संस्करण हो । पोखरा रंगशालामा उदघाटन खेलमा आयोजक सहारा क्लव र काठमाडौंको ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले आयोजना गरेको प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा आयोजक, ब्रिगेडसहित नेपाल पुलिस, गान्तोक सिटी भारत, थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबले सहभागिता जनाउँदैछन् । त्यस्तै नेपाल एपीएफ क्लब, झापा–११, संकटा क्लब र त्रिभुवन आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दश टिममध्य विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब भने सोझै बाइ पाएर क्वाटरफाइनल पुगेका छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरकार प्राप्त गर्नेछ । प्रतियोगिताबाट बचत हुने पैसा क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)






