टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झन्डा बोक्ने

काठमाडौं । जापानको राजधानी टोकियोमा २३ जुलाई देखि ८ अगष्टसम्म आयोजना हुने ओलम्पिक २०२० को मार्च पासमा नेपालको झन्डा जलपरी गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीव्नराम श्रेष्ठले उद्घाटन र समापनको मार्चपासमा नेपालको झन्डा कीर्तिमानी जलपरी गौरिकाले बोक्ने भएको जानकारी गरे ।

गौरिकाले रियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । उनी रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी हुन् । १८ वर्षीय गौरिकाले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनमा नेपालको झन्डा बोकेकी थिइन् । गौरिकाले १३औं सागमा चार स्वर्ण र एक रजतपदक जितेकी थिइन् ।

गौरिकाले यसपटक सय मिटर फ्रिस्टाइलमा नेपालको चुनौती पेस गर्ने छिन् । उनी जापान पुगेर अभ्यास शुरु गरेकी छिन् । ५ खेलाडीसहित २६ जनाको सहभागिता जापानमा हुने टोकियो २०२० ओलम्पिकका लागि नेपालबाट ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका छन् । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्य पदाधिकारी रहेका छन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना गर्दै ओलम्पिकले तयारी पूरा भएको’bout जानकारी दिएको हो । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदै छ । यसपटकको टोकियो ओलम्पिक नेपाल सहभागी १४औं संस्करण हुनेछ ।

सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिकसका सरस्वती चौधरी छन् । गौरिकाले महिला सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले पुरुष सय मिटर फ्रि स्टाइलमा खेल्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले मसहला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला सय मिटर दौडमा सहभागिता जनाउने छन् ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’अन्तर्गत खेलमा सहभागिता जनाउने छन् ।

बाँकी दुई खेलाडी आमान्त्रित अर्थात् ‘वाइल्ड कार्ड’को आधारमा सहभागी हुनेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस अघिका ओलम्पिकमा नेपालको जात्रा हुने र यस पटकबाट यात्राको शुरुआत भएको बताए । ‘नेपालले ओलम्पिकमा सहभागीता टोकियोबाट शुरु गरेको थियो । त्यसैले यस पटकको टोकियो यात्रा यस अर्थमा पनि महत्वपूर्ण छ ।’

एथलेटिक्सका धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने नपाएको विषयमा सञ्चारकर्मीको प्रश्नमा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले स्पष्ट पारेका थिए । राखेपका सदस्यसचिव सेफ दि मिसन नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेशकुमार सिलवाल छन् । टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।

अहिलेसम्मको नेपालको ओलम्पिक सहभागिता इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताए । तयारी कोरोना भाइरस संक्रमणको महामारी र लक डाउनको विषम परिस्थितिमा पनि सुचारु रहेको थियो । ओलम्पिक टिमको तयारी नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल संघबीचमा समन्वय भइरहेको छ ।

ओलम्पिक छात्रवृत्तिबाट २ करोड रुपैयाँ बराबर बजेट खर्च भएको एनओसीले जनाएको छ । पछिल्लो समय भने ओलम्पिकमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट गरिएको छ । प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘ वान’मा राखेको छ । स्वास्थ्य मापदण्डअनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् । त्यसअनुसार टोकियो प्रवेश गर्न अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परीक्षणबाट गुज्रिनुपर्ने छ ।

टोकियो पुगेपछि तीन दिन ‘क्वारेन्टिन’मा बस्नु पर्नेछ । प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको खेल पोसाक केल्मी नेपालले प्रायोजन गरेको छ । यसका लागि नेपाल ओलम्पिक कमिटीले कामरु ट्रेडिङबीच प्रायोजनाको अनुबन्ध भइसकेको छ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी हुनेलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय पोसाकको प्रबन्ध गरेको छ । पौडीका दुवै खेलाडी तथा प्रशिक्षक जापानको टोकोयोमा सहर पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् ।

नेपालबाट सहभागी हुनेहरू
जीवनराम श्रेष्ठ– अध्यक्ष, एनओसी
निलेन्द्रराज श्रेष्ठ– महासचिव, एनओसी
चतुरानन्द राज वैद्य– उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी
तेजबहादुर गुरूङ– उपाध्यक्ष, एनओसी
सुनिलकुमार श्रेष्ठ– उपाध्यक्ष, एनओसी
पीताम्बर तिम्सिना– सहमहासचिव, एनओसी
तुलसी थापा– सचिव, एनओसी
प्रकाशशमशेर राणा– सदस्य, एनओसी
राम अवाले– सदस्य, एनओसी
केदार न्यौपाने– सचिव, युवा तथा खेलकुद मन्त्रालय
शिव कोइराला– उपाध्यक्ष, राखेप
रमेशकुमार सिलवाल– सदस्यसचिव, राखेप
सुभाष श्रेष्ठ– सदस्य, राखेप
सम्पन्न श्रेष्ठ– सदस्य, राखेप
नविशमान सिंह प्रधान– मेडिकल
प्रेम बराल– कर्मचारी, टोकियो नेपाली दूतावास
रुपेश डंगोल– स्वयंसेवक, टोकियोस्थित नेपाली स्वंयसेवक

 

 

तपाइको प्रतिक्रिया
(Visited 720 times, 1 visits today)

epaper

ताजा समाचार

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै