राजनीति र ऋषिमन्

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह आफ्नो प्रायः जसो राजनीतिक सम्बोधनमा यो कुरा दोहो-याउने गर्दथे कि साधु बन्नका लागि कोही राजनीतिमा आएको हुदैन । उनको निधनपश्चात् त उनको पार्टीका नेताहरूले यसलाई मूलमन्त्र नै बनाएका थिए कि साधु बन्नका लागि मात्रै हामी मधेसको राजनीति गर्न आएका छैनौं । गजेन्द्रनारायण सिंहको भनाइको तात्पर्य केवल सडक आन्दोलन मात्रै गरेर समस्याको समाधान हुदैन । आफूले उठाएका राजनीतिक मुद्दाहरूको सम्बोधन गर्न आवश्यकता नै भए सरकारमा पनि जान सकिन्छ । येनकेन प्रकारेण सत्तामा मात्रै जानुपर्छ भन्ने उनको भनाइको तात्पर्य अवश्य पनि थिएन । उनले राजनीतिमा साधुमनको आवश्यकतालाई अवश्य पनि औंल्याएका थिए । करिब चारपटक मन्त्री भइसकेका र दुई दशक लामो अवधिसम्म संसदीय राजनीतिमा सक्रिय सहभागिता जनाएका गजेन्द्रनारायण सिंहको निधनपश्चात् उनको बैंक खातामा ५० हजार रुपैया“ पनि नहुनु उनको साधुमनको उपज थियो । सप्तरीको एउटा मध्यमवर्गीय जमिनदार परिवारमा जन्मेका गजेन्द्रनारायण सिंहले न त राजधानी काठमाडौं, न त विराटनगर र वीरगन्जमै घर बनाउन सकेका थिए तर उनको खल्तीबाट १-२ हजार रुपैया“ प्राप्त गर्ने केही मधेसवादी नेता अरबपति बन्ने पंक्तिमा उभिनु अवश्य पनि जनताको जवाफदेहीसित क्रुर मजाक हो, धोका हो । एक जना साधुको मन निर्मल, निश्चल, दूरदर्शी, सबैमा अपनत्वको भाव हेर्ने तथा अरूको सम्पत्तिप्रति लोभ नदेखाउने हुने खालको हुन्छ । ऋषिमन अथवा साधुमनलाई देवतापछिको दोस्रो पूजनीय एवं सम्माननीय मानिन्छ । राजनीतिमा लाग्नेहरूले साधुमनबाट देश र जनताको सेवा गर्न थालेमा समाजमा असमानता, कलह र विद्वेषको भावना नै विकसित हुन सक्दैन ।

हाम्रो समाजमा गरिबको धनी, दिनको रात र बेइमानको विपरीतार्थक शब्द इमानदार भएजस्तै साधुको विपरीतार्थक शब्द चोर हुने गर्छ । यदि कोही व्यक्ति खुलेरै यो दाबी गर्छ कि साधु बन्न राजनीतिमा आएको होइन, यसको सोझो अर्थ ऊ चोर बन्न आएको बुझ्नुपर्छ । यस्ता व्यक्तिबाट समाज तथा राष्ट्र सेवा हुन सक्दैन । राजनीतिमा समाज र देश सेवा नै सर्वोपरि हुनुपर्छ । दलीय शासन व्यवस्थामा राजनीतिक दलहरूको भूमिका र महŒव बेग्लै किसिमको हुन्छ तर यसको केन्द्रमा भने जनसेवा नै रहेको दाबी गरिन्छ । राजनीतिमा परिवारवाद, नातावाद र जातिवाद नै भ्रष्टाचारको मूल कारण हुने गर्छन् । वर्तमान अवस्थामा देशका प्रायः सबैजसो राजनीतिक दलमा यो विकृति कायम रहेको पाइन्छ तर मधेसी दलहरूमा अवश्य पनि यो बढी पाइन्छ ।

राजनीतिमा परिवारवाद, नातावाद र जातिवाद नै भ्रष्टाचारको मूल कारण हो

नेपालको संविधान २०७२ को निर्माण भइरहेको बखत दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका संविधान निर्मातालाई ऋषिमनले संविधान बनाउन सुझाव दिएका थिए तर उनको त्यस सुझावलाई हस्तक्षेप ठान्ने काम भयो । देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र कथित हिन्दुवादी राप्रपा नेपालका अध्यक्ष एवं नेताहरूले आफूलाई सर्वथा सक्षम, योग्य तथा सर्वज्ञाता दाबी गर्दै संविधानको निर्माण गरे । हतारहतारमा फास्ट ट्र्याकमार्फत जारी गरिएको त्यस संविधान निर्माण मस्यौदा समितिका संयोजक डा. बाबुराम भट्टराई थिए, जो अहिले कथित मधेसी दलको प्रमुख नेता बनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सुझाव दिनुको अर्थ यो मात्रै थियो कि जसरी ऋषिमुनिहरू आफ्नो ग्रन्थ अथवा कृतिको रचना गर्छन्, त्यसमा तिनको न त निहित स्वार्थ हुन्छ, न त त्यो क्षणिक लाभका लागि नै केन्द्रित रहेर बनाइएको हुन्छ । त्यसमा मानव मात्रको कल्याणका कुरा निहित हुन्छन् । कुनै पनि देशको संविधान धर्मशास्त्र गीता, रामायण, कुरान र बाइबलजस्तो असंशोधनीय त हु“दैन तर विश्वका प्रायः सबैजसो देशमा ईश्वर तथा धर्मशास्त्रको नाममा शपथ खान नचाहनेहरू आफ्नो देशको संविधानमाथि नै हात राखेर शपथ ग्रहण गर्ने गर्छन् अर्थात् देशको संविधान पनि एक किसिमले धर्मशास्त्र जस्तै अथवा त्योभन्दा पनि बढी मान्य हुने गर्छ । धर्मशास्त्रप्रति एउटा धर्मविशेष मान्नेहरूको आस्था मात्रै हुन्छ तर संविधानप्रति ती देशका सबै नागरिकको विश्वास हुने गर्छ । नेपालको संविधान २०७२ को निर्माण हु“दाका बखत देशको झन्डै एक तिहाइ जनसमुदाय सोको विरोधमा सडकमा उत्रिएको थियो । शासन प्रशासनको दबाबमा ती जनताको आवाज सुन्ने काम भएन । त्यस संविधानलाई एसियाकै सर्वोत्कृष्ट तथा विश्वकै उच्चकोटिको संविधानको संज्ञा दिइयो तर संविधान जारी भएको एक साता पनि बित्न नपाउ“दै संविधान संशोधनको प्रस्ताव सरकारले ल्याउनुप-यो । आखिर दुई-तीन महिना धैर्य गरेर सबै पक्षका कुरालाई सुनी एउटा सर्वस्वीकार्य अथवा व्यापक स्वीकार्य संविधान बनाउने काम भएको भए विरोध, असन्तोष अथवा विद्रोहको सम्भावना नै रहने थिएन ।

विगत एक-डेढ वर्षदेखि देशमा उत्पन्न राजनीतिक एवं संवैधानिक संकटको प्रमुख कारक तŒव देशको वर्तमान संविधान नै हो भन्दा अतिशयोक्ति नहोला । जतिबेला देशको संविधानको निर्माण भइरहेको थियो, त्यतिबेला प्रमुख राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीका रूपमा आफ्नै अनुहारलाई हेरेका थिए । प्रधानमन्त्रीको पदमा पुगेपछि आफ्नो हिसाबले शासनसत्ताका प्रत्येक अवयवलाई सञ्चालन गर्न सहज हुने भन्ठानेर नै यस्तो संविधानको निर्माण भएको हो । नेपालको संविधान भनेको शब्दहरूको जाल हो । यदि आज कुनै एक व्यक्तिले प्रधानमन्त्रीको पदमा संविधानतः आफूलाई नै सबै धारामा उपयुक्त उम्मेदवार ठानिरहेको छ भने त्यसका निम्ति जिम्मेवार त संविधान र संविधानका निर्माता नै हुन् । नेपालका राजनीतिक दलका नेताहरू आफू स्वयं भने केही पनि नगर्ने तर आफूअनुकूलको फैसला अदालतले गरिदेओस् भन्ने मनसाय राखेका हुन्छन् । न्यायपालिकाले कार्यपालिका तथा व्यवस्थापिकाको क्षेत्रमा थप केही सक्रियता देखाउन थाल्योे भने फेरि यिनै राजनीतिक दलका नेताहरू एकजुट भएर अदालतको विरोध गर्न थाल्नेछन् । संविधान निर्माणमा त्रुटि भएको छ । कमजोर एवं अपरिपक्व संविधानका कारण नै अहिलेको समस्या उत्पन्न भएको छ । तसर्थ तत्काल संविधानमा आवश्यक संशोधनका लागि विज्ञहरूको समिति बनाइनु आवश्यक छ ।

दक्षिणी छिमेकी राष्ट्र भारतको संविधानलाई विश्वको सर्वाधिक सफल संविधानमध्ये एक मानिन्छ । त्यहा“को संविधान पनि पटकपटक संशोधन भएको छ तर संविधानकै कारण देशको राजनीतिक अवस्था संकटमा कहिल्यै परेन । कोही पनि भारतीय नागरिकले त्यहा“को संविधानको विरोध गर्दैन न त संविधानप्रति अनास्था नै जनाउ“छ । संविधान जलाउने कुरा त कसैले सपनामा पनि सोच्न सक्दैन । भारतको संविधान जारी भएको करिब ७२ वर्ष हुन थालेको छ । यो समयावधि कम होइन । यस अवधिमा हाम्रो देशमा चारवटा संविधान खारेज भइसकेका छन् । पा“चौं संविधान पनि जनताको आकांक्षालाई पूरा गर्न सफल भइरहेको मान्न सकिँदैन ।

कमजोर एवं अपरिपक्व संविधानका कारण नै अहिलेको समस्या उत्पन्न भएकाले आवश्यक संशोधनका लागि विज्ञहरूको समिति बनाउन आवश्यक छ

सम्मानित सर्वोच्च अदालतमा विगत ६ महिनादेखि कुनै न कुनै रूपमा संविधानकै कमीकमजोरीलाई औंल्याउने काम भइरहेको छ अथवा संविधानको शब्द र भाषा प्रस्ट नभएकै कारण देशले यो दुर्गति भोग्नुपरिरहेको छ । भारतको संविधान निर्माण हु“दा त्यहा“का संविधान निर्माताले आफ्नो देश र त्यहा“का जनताको हितलाई सर्वोपरि ठानेका थिए । संविधान निर्मातामध्येका कतिपय यस्ता थिए । जसलाई शासनसत्ता अथवा पदको लोभ थिएन तर हाम्रो देशमा त जसरी भए पनि पा“च वर्षसम्म संसद् विघटन हुन नसक्ने र चुनावमा जानुनपर्ने विषयलाई नै लक्ष्य बनाइएको थियो । निश्चय पनि भारतका संविधान निर्माताहरूले ऋषिमनले काम गरेका थिए । सम्भवतः भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालका संविधान निर्माताबाट यस्तै खाले दूरदर्शिता, त्याग र महानताको अपेक्षा गरेका थिए तर नेपालका नेताहरूले भने आफूअनुकूल संविधान दिने ठानिसकेका थिए ।

संविधानको विरोधको नाटक गर्ने मधेसी दलहरू वर्तमान संविधानलाई अक्षरशः पालना गरी स्थानीय तहको निर्वाचन, प्रादेशिक सभा, संघीय संसद्, राष्ट्रिय सभा, प्रधानमन्त्री र राष्ट्रपतिलगायतका निर्वाचनमा पटकपटक भाग लिइसकेको अवस्था छ । मधेसी दलहरूले वर्तमान संविधानको कुन धाराको विरोध गरिरहेका छन् थाहा भएन ? विरोध गर्नेले त्यसको धाराको पूर्णरूपेण विरोध गर्नुपर्ने हो । गुलियो अंगुर खाने तर अमिलो नखाने यो कसरी सम्भव छ ? नेपालमा ऋषिमन अथवा साधुमनले राजनीति गर्न कोही आएकै छैन । सिद्धान्त र आदर्शको राजनीति गर्नेलाई सबैले मिलेर असान्दर्भिक बनाउ“दै असफल बनाइदिन्छन् । यस्तो अवस्थामा देशको राजनीति स्वच्छ होस् पनि कसरी ?

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
जसपाको संविधान संशोधन दर्ता प्रस्तावमा के छ ? पारित हुने विश्वास
‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त
मड्रिड आउँने कार्लोसको निर्णय
आईओसी अडानमा, खेलाडी विरोधमा
रबि लामिछानेले बनाइदिएको अस्पताले छाँयामा पारेको भन्दै १३ सय स्थानियवासीले गरे हस्ताक्षर

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी