काठमाडाैं । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिन आफू तयार रहेको बताएका छन् ।
प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार रहेको भन्दै विश्वासको मत नपाए चुनावमा जाने संकेत गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 433 times, 1 visits today)