Friday, September 24, 2021
Your Ads Here
HomeBreaking News५.०९ प्रतिशतले लगाए पूर्ण खोप

५.०९ प्रतिशतले लगाए पूर्ण खोप

प्रशान्त वली,
sharethis

काठमाडौं । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

४ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप
कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

यस्तै, उक्त खोप पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने भएको छ । एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा ४ साउनदेखि लगाइँदै छ ।

यस्तै, देशभर बिहीबार थप २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ जना पीसीसार परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर बिहीबार थप १ हजार ७ सय ५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४ सय ६३ जना संक्रमितको मृत्यु भएको छ । देशभर २६ हजार ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, ६ सय २ जना आईसीयूमा र १ सय ७१ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर २ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 153 times, 1 visits today)

आजको समाचार

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयले...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

ट्रेन्डिङ

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल...

आज गाईजात्रा मनाइदै

ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा आज मंगलबार गाइजात्रा पर्व मनाइँदैछ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्वीर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)