‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’

महोत्तरी । ‘ए हजुर, नमस्कार, हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।’ महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लागेका छन् ।

‘सबैले सुन्दै हुनुहुन्छ नि… कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ’ आज बिहीबार एकाबिहानै पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम रहेको बर्दिवास–१ को सिन्धुलीचोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै नगरप्रमुख कार्कीले भने, ‘सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ ।’

बर्दिवासका १४ वटै वडामा अहिले स्थानीय जनप्रतिनिधिले अभियानकैरुपमा ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ भन्ने नारा नै बनाएका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखाका प्रमुख र अन्य वडाध्यक्षसहित जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा आज बिहीबार शुरु गरेका यो अभियानले निकै चासो बढाएको छ ।

‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ अभियान प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा आजै थालिने नगरप्रमुख कार्कीको भनाइ थियो । यो अभियानसँगै कोरोना सङ्क्रमणबाट बच्ने उपाय’boutको हातेपर्चा बाँड्ने र बस्तीबस्तीमा माइकिङ शुरु गरिएको छ ।

‘ध्यान दिएर सुन्नुहोस्, कोरोना सुनेर नतर्सनोस्, सजग हुनपर्छ , हाम्रो आहारब्यहारले कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।’ ठूलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटकपटक पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै हातेपर्चा घरघरमा पु¥याउने र पढेर सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् ।

यस्तै हातेपर्चामै रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नरहन, भिडभाड हुने कार्यक्रम आयोजन नगर्न, यस्ता कार्यक्रममा सरिक नहुन र यस’bout शङ्का लाग्नबित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गर्न गइहाल्न अपिल पनि गरिएको छ ।

सघन आवतजावतको पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गममै नगरपालिकाले थालेको यो अभियान’bout आम यात्रु, बजारु उपभोक्ता र आम सर्वसाधारणले चासो देखाएका छन् । ‘बर्दिवास नगरपालिकाले राम्रो अभियान थालेछ’, सधैँजसो बिहानको घुमफिरका लागि बर्दिवास आइपुग्ने छिमेकको धनुषा जिल्ला मिथिला नगरपालिका–१० लालगढका सामाजिक, राजनीतिक कार्यकर्ता सूर्य पुडासैनीले भने, ‘यो अभियान अन्य स्थानीय तहले शुरु गर्नुपर्छ ।’

सबैले सुन्नपर्ने र बुझ्नपर्ने यो नारा र अपिललाई घरघर पु¥याउन आवश्यक भएको स्वास्थ्य संस्थाका चिकित्सकको भनाइ छ । ‘अहिलेसम्म उपचारको कुनै प्रबन्ध नभएको यो सङ्क्रमणबाट बच्न पूर्वसजगतामात्र एक भरपर्दो उपाय हो’, बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालका चिकित्सक डा.सीताराम पराजुलीले भने, ‘पूर्वसजगता अभियान जति व्यापक बनाइन्छ, त्यति हामी सुरक्षित हुने अवस्था बन्छ ।’ बर्दिवासले यो अभियान शुरु गरेसँगै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरस’bout पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,322 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो