नेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत

डडेल्धुरा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा कोरोना भाईरस भित्रिए राज्यले नियन्त्रण गर्न कठिन हुने बताएका छन् ।

डडेल्धुरा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम प्रारम्भ गर्ने कार्यक्रममा डडेल्धुरा पुग्नु भएका स्वास्थ्य राज्यमन्त्री रावतले संचारकर्मीहरुसंग नेपालमा कोरोना भाइरस हालसम्म नभएको समेत बताए । उनले भने, ‘अरु देशको जस्तो सामथ्र्य नेपालको नभएकोले कोरोना भित्रि हाल्यो भने नियन्त्रण गर्न ठूलो चुनौतिका रुपमा रहनेछ, प्रवेश नहोस् भन्ने तरिकाले नै सरकार लागि परेको छ ।

नेपालभित्र नोभेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी उच्चस्तरिय समिति समेत गठन गरिएको र देशभरीका निजी तथा सरकारी अस्पतालहरुमा समेत उच्च सर्तकताका साथ व्यवस्थापन गर्न निर्देशन जारी गरिएको मन्त्री रावतले बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा राखेपछि नेपाल सरकारले देशका सवै खाले अस्पतालहरुलाई कम्तीमा १० शैया आपतकालिन सेवा अन्र्तगत खाली राख्न निर्देशन दिएको छ ।

राज्यमन्त्री रावतले कोरोना भाइरस नेपालमा हालसम्म नहुनु नै नेपालीहरुका लागि खुसीको खबर भएको बताए । उनले भने, ‘चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरुमा समेत त्यस्तो कुनै लक्षण नदेखिएपछि सुरक्षित रुपमा घर फर्किए ।’

विश्वभरी तिव्रगतिमा फैलिरहेको कोरोना भाइरस नेपालमा भित्रिन नदिनका लागि सरकारले विभिन्न किसिमका रणनिती तथा पुर्व सचेतनामुलक कार्यक्रमहरु अगाढी बढाइरहेको मन्त्री रावतले बताए । विभिन्न नाकाहरुमा सचेतना कार्यक्रम संचालनमा ल्याएको र छिमेकी मुलुक भारतमा कोरोनाको प्रभाव बढ्दै गए भारतीयका नाकाहरु समेत केही समयका लागि बन्द समेत गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम