काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् । रावलले साउन ३ गते प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु अगाडि राजीनामा घोषणा गरेका थिए । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)






