प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले निर्वाचन भएको अन्तिम कार्यकालमा प्रशासनिक भवन तयार गर्न थालेका हुन ।

बागलुङको ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माणधिन अवस्थामा छन् । बागलुङ नगरपालिका र तमानखोला गाउँपालिका आफ्नै भवनबाट सञ्चालित छन् ।

बरेङ गाउँपालिका तत्कालीन गाविस भवनबाट सेवा प्रवाह गर्दै आएको छ । जैमिनी नगरपालिकाले प्रशासनिक भवन निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिए । भवन निर्माणको लागि एक करोड विनियोजन गरेको छ ।

जिल्ला सदरमुकाम नजिकै रहेको काठेखोला गाउँपालिका र दोस्रो व्यापारिक केन्द्र ढोरपाटन नगरपालिका भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । ढोरपाटन बजार क्षेत्रमा जग्गा व्यवस्थापनमा कठिन हुँदा भवन निर्माण कार्य अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टाईले जानकारी दिए ।

संघीय सरकारले जग्गा खरिदको लागि रकम उपलब्ध नगराउन कठिन भएको छ । क्रमागत कार्यक्रम अन्तर्गत भवन निर्माणको लागि ३० लाख रुपियाँ प्राप्त भए पनि फ्रिज भएको भट्टराईको भनाई छ । बजार क्षेत्रमा निःशुल्क जग्गा प्राप्त गर्न कठिन छ’ उहाँले भन्नुभयो–‘जग्गा खरिद गर्न नगरपालिकाको स्रोतले पुग्दैन ।’ नगरपालिकाका विषयगत शाखा तथा वडा कार्यालय सञ्चालनको लागि भाडा मात्रा मासिक करिव तीन लाख खर्च हुने उनको भनाई छ ।

काठेखोला गाउँपालिकाले पनि आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । भीमसेन माविले निःशुल्क जग्गा प्रदान गर्ने घोषण गरे पनि भवन निर्माण हुन सकेको छैन । भवन निर्माणको लागि प्राप्त भएको एक करोड रुपियाँ सञ्चित कोषमा फिर्ताँ भएको प्रमुख प्रशासकीय अधिकृत चुणाबहादुर कार्कीले बताउनुभयो । प्रशासकीय भवन, विषयगत शाखा तथा वडा कार्यालय सञ्चालनका लागि मासिक एक लाख हाराहारीमा भाडा रकम खर्च हुने उनको भनाई छ ।

बडिगाड गाउँपालिकाको तीन तले प्रशासनिक भवन निर्माणधिन अवस्थामा छन । उक्त भवन पाँच करोड १८ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । बडिगाडको वडा नम्बर १ र ९ मा वडा भवन छैनन । आफ्नै प्रशासनिक भवन भएका स्थानीय तहका विषयगत शाखा भाडामै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 457 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान