चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन

फाइल तस्वीर

 

काठमाडाैं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन सुरू भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार  लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सूचना जारी गरेको थियो।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने