धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि उनी घर फर्किएका थिए ।
अहिले उनी फेरी भारत गएका छन् । भारत जानका लागि कैलालीको त्रिनगर सिमानाकामा लाइनमा लागेको वेला उनले भने– कोरोनाको डरले घर आए । अहिले घरमा पैसाको समस्या भयो । त्यसैले कमाउन भारत जाँदै छु ।
अम्मरबहादुरले परिवार लालनपालनको लागि भारतको रोजगारीको भर रहेको बताए । उनको सात जनाको परिवार छ । उनको कमाईले नै घरको खर्च चल्ने गरेको छ ।
कोरोना भाइरस संक्रमण दोस्रो लहर फैलिएपछि गत बैशाख महिनादेखि असार महिनासम्म सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी (कञ्चनपुर) नाका भएर ८३ हजार पा“च सय ८२ जना नेपाल प्रवेश गरेको सम्बद्ध जिल्ला प्रशासन कार्यालयहरूको अभिलेखमा उल्लेख छ ।
भारतमा कोरोना संक्रमण ह्वात्तै बढेपछि रोगको डर र काम गुमाएका कारण नेपाल फर्किनेहरूको हरेक दिन सिमा नाकामा भिड लाग्ने गर्दथ्यो ।
अहिले सिमानाकामा भारत जानेहरूको त्यस्तै लाम देखिन्छ । सीमापारि कोरोना संक्रमणको जोखिम उच्च रहेकै वेला पनि रोजगारीका लागि भारत जाने नेपालीहरूको सिमानाकामा लर्को लाग्ने गरेको छ ।
काँधमा झोला बोकेका बैतडीका प्रकाशसिंह राठौर सिमानाकामा उदास भावमा लाइन लागेका थिए । ‘पहिलो लहरको कोरोना महामारीमा भारतमा लकडाउन भएपछि घर आए । केही महिनापछि संक्रमण कम भएपछि पुनः रोजगारीका लागि भारत पसे’ उनले भने– कोरोनाको दोस्रो लहरमा फेरि भारतमा लकडाउन भएपछि घर आए । तर, घरमा खानको पनि समस्या भयो, बाध्य भएर भारत जादै छु ।
उनले सरकारले स्वदेशमा रोजगारीका अवसरहरू उपलब्ध गराएको भए भारत जानु नपर्ने बताए । भने– के गर्ने ? स्वदेशमा रोजगारी छैन । परिवारको गुजारा गर्न पनि भारत जानुपर्ने बाध्यता छ ।
नेपालमा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा गरिएपछि आर्थिक क्रियाकलाप सुस्ताएको छ । रोजगारी पाउने आशा नभएपछि नेपालीहरू फेरि भारत जाने क्रम बढेको छ ।
भारतमा रोजगारी गर्न हिडेका कैलालीका मानबहादुर बुढाले भने– भारतमा कुनै न कुनै रोजगारी पाइहाल्छ । ज्याला कम भए पनि परिवार भोकै त बस्नु पर्दैन । यहा“ त एक छाक टार्न पनि काम पाइदैन ।
कञ्चनपुर जिल्ला प्रशासनको तथ्यांकअनुसार पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी नेपालीहरू भारत जाने गरेका टज् । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार गौरिफण्टा नाकाबाट असारसम्म ५५ हजार पा“च सय ८३ जना भित्रिएका थिए भने ७७ हजार सात सय ४५ जना भारत प्रवेश गरेका थिए ।
गड्डाचौकी नाकाबाट असारसम्म २७ हजार नौ सय ९९ जना भित्रिएका थिए भने १६ हजार छ सय ७० जना भारत प्रवेश गरेका टज् । सो अवधिमा पाँच हजार छ सय सात जना बालबालिका प्रवेश गरेका टज् । सो नाकाबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू तथा कर्णाली प्रदेशका सुर्खेत, कालिकोट तथा प्रदेश ५ का प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जाने गरेका छन् ।
पछिल्लो छ दिनको तथ्यांक अनुसार भारतबाट फर्किने भन्दा जानेको संख्या अधिक रहेको छ । यो अवधिमा १७ हजार चार सय पाँच जना भारत प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । दुई नाकाबाट छ दिनमा तीन हजार चार सय १३ जना प्रवेश गरेको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारले प्रदेशमै कोरोनाबाट प्रभावित युवाहरूका लागि स्वरोजगार र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन सदनमा माग गरिहेका हुन्टज् । तर, प्रदेश सरकारले प्रभावकारी कार्यक्रम नल्याउँदा अझै प्रदेशका लाखौं प्रदेशवासी भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीय र प्रदेश सरकारहरूले कृषि, उद्यम, स्वरोजगार, पुर्वाधार विकास लगायतका क्षेत्रमा रोजगारी दिने गरी योजना ल्याएका टज् । अहिले यी कार्यक्रम कार्यान्वयन हुन नपाउँदै रोजगारीका लागि भारत जान लागेको सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहाद्र खडकाले बताए ।






