Friday, September 24, 2021
Your Ads Here
Homeखेलसाफ आयोजना गर्न प्रस्ताव

साफ आयोजना गर्न प्रस्ताव

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ । शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए ।

आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने बताएका छन् । आयोजनाबारे अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन ।

भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेको कारण सहभागिता नहुने भएको हो । आयोजना दाबी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ । यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर, उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

लिग खेल्न १४ क्लबको प्रतिबद्धता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार शहीद स्मारक ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आगामी लिगबारे ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको हो ।

एन्फाले ‘ए’ लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ । छलफलमा सबै क्लबले लिग खेल्ने प्रतिबद्धता जनाएका छन् । तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए । थ्री स्टार क्लबका महासचिव सन्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापनपत्र लिग रोक्नका लागि नभई यसलाई बढी व्यवस्थित बनाउन भएको बताए ।

छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै पनि हालतमा लिग आयोजना गर्ने र त्यसका लागि सरकारसँग अनुमति मागेर सबै स्वास्थ्य मापदण्डलाई पूरा गरिने बताए ।

तपाइको प्रतिक्रिया

(Visited 55 times, 1 visits today)

आजको समाचार

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

  सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

‘अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ, फर्किनुको विकल्प छैन’ : योगेश भट्टराई

  पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले...

ट्रेन्डिङ

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् । उनले आज साँझ ट्विट गर्दै नेपाली जनता,...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)