दक्षिण एसियामा शान्ति र विकासका लागि जनमत संग्रह गराउन माग

काठमाडौं, पाकिस्तानले दक्षिण एसियाको शान्ति, स्थायित्व र विकाका लागि काश्मिर समस्याको समाधान आवश्यक भएकोमा जोड दिएको छ । काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै तत्काल जनमत संग्रह गराउन संयुक्त राष्ट्रसंघले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।

काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा आयोजित अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसंघ सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए । दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि काश्मिर समस्याको समाधान आवश्यक रहेकोमा जोड दिँदै उनले पछिल्ला ६ महिनामा काश्मीरी जनता आधारभूत सेवाबाट वञ्चित भएको बताए ।

उनले काश्मीरी जनताको अधिकारका लागि सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायलाई आग्रह समेत गरे । पचास वर्षपछि राष्ट्रसंघमा सो विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहरु परिणामको प्रतीक्षामा रहेको उनले बताए । गत ५ अगस्टमा भारतले काश्मीरलाई विशेष अधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्दै काश्मीरलाई केन्द्र शासित प्रदेश बनाएको छ भने लद्दाखलाई काश्मिरबाट अलग बनाइएको छ । त्यसपछि भारतले नयाँ नक्सा जारी गरेको थियो । भारतको भूमिमा काश्मिर नपर्ने भन्दै पाकिस्तानले भारतले जारी गरेको सो नक्सा अस्वीकार गरेको राजदूत जाभेदले बताए ।

फरक प्रसंगमा उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय–समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुुगेको बताए । कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर जवरा, महासचिव मञ्जुरत्न शाक्य, पत्रकारहरू नरेन्द्र उपाध्याय, राजनसिंह कार्की, देवेन्द्र चुडाललगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताए । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऐक्यबद्धता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे