Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थउपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७÷७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा २ हजार ८ सय ३४ नमुना संकलन गरेको थियो ।

प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको बताए । प्रवक्ता महर्जनले जसमध्ये सबैभन्दा बढी गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको बताए ।

– पैसा कमाउने लोभमा गुणस्तरहीन सामान बजारमा
– सबैभन्दा धेरै प्रशोधित पिउने पानी र बेकरी तथा बिस्कुट गुणस्तरहीन

यसैगरी, बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजिया पाँच, सस पाँच मुद्दा दायर भएका छन् । यसैगरी, दलहन चारलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । १ सय मुद्दामध्ये ४० वटा मुद्दा न्यून गुणस्तरका, २६ वटा मुद्दा दूषितका २६ वटा मुद्दा लेबललगायतका विवरण नमिलेका, तथा बाँकी आठवटा मुद्दा खाद्य ऐननियम निर्देशिका उलंघनसम्बन्धी छन् ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

विभागका अनुसार विभागअन्तर्गतका विभिन्न कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा २ जहार ८ सय ३४ नमुना संकलन भएको थियो । संकलित नमुनामध्ये खाद्यान्न-दलहनजन्यका ७ सय ४७ वटा छन् ।

यस्तै, तेल तथा घिउजन्यका ३ सय ८२ वटा, फल तथा सागपात जन्य पदार्थका २ सय ९९ वटा, दाना पदार्थका २ सय ७४ वटा, मसलाका २ सय ६६ वटा, चिया कफीका १ सय २४ वटा छन् । यस्तै, दूध तथा दुग्ध पदार्थका २ सय ६ वटा, प्रशोधित पिउने पानीका १ सय ६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको विश्लेषण परीक्षण गरेको छ । जसमा २ सय १९ वटा नमुनाको परीक्षण गुणस्तरहीन पाइएको थियो । जसमध्ये खाद्यान्नका ३६ नमुना, दानाका ३३ नमुना, तेल तथा घिउजन्य ३० नमुना, प्रशोधित पिउने पानीका २७ नमुनालगायतका अन्य खाद्य पदार्थका नमुना प्रतिकूल रहेका थिए ।

विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ विभाग तथा मातहतका कार्यालयले खाद्य स्वच्छता सर्भिलेन्सकाअन्तर्गत २ हजार ७ सय ७५ वटा नमुना संकलन गरिएको थियो । आर्थिक वर्ष २०७७-७८ मा खाद्य – दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत कारबाहीलगायत ६ हजार १ सय ८९ पटक निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ ।

खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका प्रशोधित पिउने पानी, दूध तथा दुग्ध पदार्थ, खाद्यान्न दलहन, फलफूल जन्य खाद्यपदार्थलगायतका ९७ वटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमुना संकलन गरी कारबाही अघि बढाइएको विभागका प्रवक्ता महर्जनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

(Visited 44 times, 1 visits today)

आजको समाचार

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

साताका लोकप्रिय समाचार

लिड्सविरुद्ध लिभरपुलको सहज जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० ले हराएको छ । गएराति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद...

अर्थमन्त्रीले दिए भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले भन्सार विभागले आयोजना गरेको दुई...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

  काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले...

ट्रेन्डिङ

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता...

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)