खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ २०२१ को अन्तर्राष्ट्रिय विजयता बन्न सफल भएकी छन् ।

छिमेकी राष्ट्र भारतको जमसेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ अर्थात मौनतासहितको जीवन कार्यक्रममा नेपाल, भारत, बंगलादेश, नाइजेरीयालगायत देशका ७७ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालबाट भाग लिन पुगेकी हेवन प्रथम भएकी हुन् । उनले १० हजार नगद पुरस्कार राशी पनि प्राप्त गरेको हेवनका बुबा रमेशप्रकाश उपाध्यायले जानकारी दिए ।

उक्त संस्थाले सन् २०२१ को क्रियाकलाप अन्तर्गत कोभिड १९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ–आफ्नो समुदाय तथा समाजका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनु पर्ने थियो । जसमा जेष्ठ नागरिकहरु, बालबालिकाहरु तथा अन्य अपांगता भएका व्यक्तिहरु साथ सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो, हेवनका बुबा रमेश प्रकाश उपाध्यायले भने ।

त्यसैअनुरुप छोरी हेवनले अपाङ्गता भएका, सडकमा नै बसोबार गर्ने र भिक मागेर खाने, टुहुरा तथा अनाथ बालबालिकाहरुलाई बन्दाबन्दी तथा लकडाउनको समयमा पनि माक्स, सेनिटाइजर तथा खाने कुराहरु वितरण गरेको भिडियो बनाएको थियो । सोही कृयाकलाप अन्तर्गत उनले एउटा लेखसमेत लेखी संस्थामा पठाएको उनी यस्ता क्रियाकलाप गरेवापत प्रथम भएकी बताए ।

बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कारसहितको कार्यक्रम आयोजना गर्दै आएको छ । हेवन उपाध्याय बझाङ जिल्ला तलकोट गाउँपालिका–४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र आमा शान्ति अवस्थीकी एक मात्रै सुपुत्री हुन् । हेवन जन्मजात देखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी छ ।

उनीमा त्यस्तो समस्या देखिए पछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्न कै लागि पनि अर्को सन्तानको तयारी गरेनन् । समाज बदल्ने मुख्य उयदेश्यका साथ कोही कसैको कुरामा ध्यान नदिएर छोरी पनि छोरा सरह हुन्छन् भन्ने सन्देश दिनका लागी रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीले छोरीलाई नै लालन पालन गरेको बताए । हेवनकी आमा शान्ति अवस्थिले भनिन अहिले पनि समाजमा धेरै आमाहरुले छोरी मात्रै जन्मेको न्युमा हिंशा खेपेर बस्नु परेको अवस्था छ । छोरा छोरी समान हुन भन्नेहरुले पनी हिंशा गर्ने हाम्रो समाजलाई बदल्न अरु बाट भन्दा पनि आफै बाट थालनी गर्न जरुरी रहेको रमेश प्रकाश उपाध्यायले बताए ।

५ वर्षको उमेर पछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी