Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsउच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

निराजन पौडेल,
sharethis

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढाउन लागिएको छ ।

अध्ययन समितिको सुझावअनुसार जिल्ला र उच्च अदालतमा आउँदो मंसिरबाट गोला प्रथाबाट पेसी तोकिने भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हस्ताक्षरित विज्ञप्तिअनुसार जिल्ला अदालत र उच्च अदालतलाई पेसी सूची गोला प्रथाबाट तोक्नेगरी पत्राचार गरिएका जनाइएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र बिचौलिया रोकथामका लागि अदालतमा पेसी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो ।

समितिले न्यायालयमा हुन सक्ने विकृति रोक्न जिल्ला अदालतमा एउटै न्यायाधीशले सुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली तथा उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन गर्ने प्रणाली संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

स्वचालित पेसी सूची प्रणाली सुरु नहुँदासम्म पारदर्शी र विश्वसनीय ढंगले गोला प्रथाबाट पेसी तोक्न समितिले सुझाव दिएको थियो । सोहीअनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सुझाव कार्यान्वयनका लागि पत्र पठाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए । प्रवक्ता दाहालका अनुसार स्वचालित पेसी प्रणाली लागू नहुँदासम्म गोला प्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन गर्न भनेको छ ।

मंसिर २०७८ देखि सो प्रणाली लागू गर्न आवश्यक तयारी व्यवस्था गर्न सर्वोच्चले भनेको छ । सो प्रतिवेदनले दिएको न्याय परिषद्सम्बन्धी सुझाव कार्यान्वयनका लागि आइतबार न्यायपरिषद् सचिवालयमा पठाएको पनि सर्वोच्च अदालतले जनाएको छ । पेसी तोक्ने व्यवस्थाले आफू अनुकूल इजलास गठन, न्यायाधीश छान्ने प्रवृति रहेको अध्ययन समितिको निष्कर्ष निकालेको थियो ।

समितिले पेसी तोक्ने कार्यलाई व्यवस्थित बनाउन सुझाव दिएको छ । ‘विद्यमान पद्धतिका कारण न्यायपालिकामा विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार बढेको भन्ने व्यापक गुनासो आएको छ,’ प्रतिवेदनमा भनिएको छ । समितिले विस्तारै देशभरको पेसी तोक्ने प्रणाली अटोमेसनमा गर्न सुझाव दिएको छ । एकै व्यक्तिले मुद्दाको पेसी तोक्दा बिचौलियाले खेल्ने मौका पाएको जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

हाल रहेको पेसी तोक्ने प्रणालीले न्यायालयमा भ्रष्टचार र बेथिति बढाएको समितिको निष्कर्ष छ । समितिले पेसी व्यवस्थापनलाई सुधार गर्न सकिने बताएको छ ।

सर्वोच्चमा स्वचालित पेसी प्रणाली कहिले ?
न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित समितिले जिल्लादेखि सर्वोच्च अदालतसम्म स्वचालित पेसी प्रणाली हुनुपर्ने सुझाव दिएको छ । तर, सर्वोच्चमा भने सो प्रणाली कहिलेदेखि लागू हुन्छ यकिन भइसकेको छैन । यसअघि बनेको न्यायालयको विकृति विसंगति अध्ययन समितिले पनि न्यायालयमा स्वचालित पेसी सूची लागू गरि नुपर्ने सुझाव दिएको थियो ।

यसअघिकै समितिले भनेको विषयलाई सर्वोच्चको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराले कार्यभार सम्हालेको पहिलो दिन नै अटोमेसन प्रणाली तत्काल लागू गर्न नसकिने अवस्थामा रहेको बताएका थिए । सर्वोच्चकै न्यायाधीश अनिलकुमार सिन्हा नेतृत्वको कार्यदलले यसअघि पेसी व्यवस्थापन स्वचालित प्रणालीमा हुनुपर्ने बताएका थिए ।

तर, उनको कार्यदलले दिएको सुझाव कार्यान्वयनमा अझै आउन सकेको छैन । सबैभन्दा धेरै पेसीमा चलखेल हुने सर्वोच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू हुनुपर्ने नेपाल बार एसोसिएसनले बारम्बार माग गर्दै आइरहेको भए पनि परम्परागत हिसाबमै पेसी तोकिँदै आएको छ । स्वचालित पेसी प्रणालीमा मुद्दाको पेसी तोक्दा आधाभन्दा बढी अनियमितता कम हुने कानुन व्यवसायीको भनाइ छ ।

अहिले सर्वोच्चमा दुई दर्जन बढी भ्रष्टाचारको मुद्दा विचाराधीन अवस्थामा छन् । स्वचालित प्रणालीमा पेसी तोक्दा भ्रष्टाचारको मुद्दा जुनसुकै न्यायाधीशको इजलासमा पनि पर्न सक्थ्यो तर सो प्रणाली लागू नहँुदा प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश तोकेर इजलास गठन गर्न सक्ने अधिकार छ । जसका कारण प्रधानन्यायाधीशले नचाहँदासम्म अदालतको भ्रष्टाचारको मुद्दा अघि बढ्न सकेको छैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विशेष अदातमा तत्कालीन न्यायाधीश हुँदा हेरेका अधिकांश मुद्दा हाल सर्वोच्च अदालतमा क्युमा छन् । परम्परागत हिसाबमा पेसी तोक्ने भएकाले ती मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न अझै सकेको छैन

तपाइको प्रतिक्रिया

(Visited 129 times, 2 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

साताका लोकप्रिय समाचार

पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स

काठमाडौं । गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक...

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस

  काठमाडाैं ।  अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई...

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा, तीन जनाको मृत्यु

काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १...

ट्रेन्डिङ

भेरीमा कोरोनाबाट थप २ जनाको मृत्यु, २० संक्रमित सिकिस्त

राँझा । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष...

धमाधम मुन्दुम पदमार्ग

प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)