कोरोना भाइरस संक्रमण : रोक्ने चिनियाँ प्रयत्नको डब्लूएचओद्वारा प्रशंसा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको भन्दै प्रशंसा गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले चीनको कदम उपयुक्त भएको टिप्पणी गरे ।

प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीको आलोचना भइरहेका बेला डब्लूएचओको पछिल्लो प्रशंंसा आएको हो । जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए ।

चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकार गरेको एक दिनपछि राष्ट्रसंघीय स्वास्थ्य निकाय डब्लूएचओको प्रतिक्रिया आएको हो । चीन सरकारले सुरुमा कोरोना भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप खेप्नुपरेको थियो ।

जेनेभास्थित राष्ट्रसंघका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्ध डब्लूएचओको सुझावविपरीत रहेको भन्दै यस प्रकोप’bout देशले उग्रप्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन् । महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

अहिलेसम्म २२ देशले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा हुनुपर्ने बताए । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४९३ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजार ६२७ भन्दा धेरै मानिसमा यसको संक्रमण फेला परेको पुष्टि भएको छ । डब्लूएचओले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो ‘महामारीको अवस्थामा नपुगेको’ जनाएको छ । यो नयाँ भाइरस’bout ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो । मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ‌कङ र फिलिपिन्समा समेत एक–एक जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाले आफ्ना अत्यावश्यकबाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ । बेलायत र फ्रान्सले आफ्ना नागरिकलाई सकेसम्म चीन छाड्न भनेका छन् ।

ताइवानले शुक्रबारबाट मुख्यभूमि चीनको पछिल्लो दुई सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ । मकाउले आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनो अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेका छन् । यसरी लगिएकालाई सुरुका १४ दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झन्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन् । ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए ।

हङकङमा १८ संक्रमित, मृत्यु हुनेको संख्या ४९३ पुग््यो

यसैबीच, चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा संक्रमण भएका जनाइएको छ  । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका हुन् ।

हङकङका ती व्यक्तिलाई गत जनावरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण चीनमा करिब ४९३ जनाको ज्यान गएको छ ।

संकट छिट्टै हट्ने विश्वास

बेइजिङ – चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्यान्डले लिएको जनाएको छ । थाइल्यान्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

प्राप्त समाचारअनुसार थाई विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोन वार्ताका क्रममा सो विश्वास व्यक्त गरेका हुन् । चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाई विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्यान्ड सधैं चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिएका थिए ।

त्यस क्रममा उनले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाई सरकार तत्पर रहेको पनि बताएका थिए । चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको तर यसको खतरा भने बढदै गएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंगलबार बताएको थियो ।

डब्लूएचओको संक्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले अहिले विश्व कोरोना भाइरसको विश्वव्यापी संक्रमणको माहामारीको अवस्थामा रहेको बताएका थिए । यसअघि नै विश्वस्वास्थ्य संगठनले यस भाइरसको संक्रमणको महामारीको जोखिमको बहुकेन्द्रमा रहेको बताएको थियो ।

कोरोना भाइरसका कारण चीनमा ४९३ जनाको मृत्यु भइसेकेको छ । यसैगरी २४ हजार ६२७ व्यक्तिमा संक्रमण भएको कारण उपचार गराइरहेका छन् । उपचारपछि १ हजार ३० जना उपचारपछि निको भएको बताइएको छ । उपचारमा रहेका दुई हजार ५ सय २० जनाको अवस्था चिन्ताजनक रहेको

बताइएको छ । सो फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले थाइल्यान्ड सरकारलाई विशेष धन्यवाद दिएका थिए । थाई विदेशमन्त्री डोनले चीन र थाइल्यान्ड एकै परिवारका नागरिकजस्तो रहेका र कुनै पनि देशमा अप्ठेरोको समयमा यी दुवै देशलाई उत्तिकै समस्या पर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री वाङले थाई सरकारलाई विशेष रूपमा धन्यवाद ज्ञापन गरेका थिए ।

चीनको मध्यक्षेत्र हुवेइको उहानबाट पहिलोपटक डिसेम्बरमा देखापरेको सो भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ संक्रमण महामारीका रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताएका थिए । विश्वस्वास्थ्य संगठनले चीनको हुवेइमा शीघ्र संक्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको बताएको थियो । चीनका अधिकारीले संक्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि संगठनले जनाएको छ ।

चीनको हुवेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै संक्रमण रोक्न सफलता मिल्ने विश्वास थाई विदेशमन्त्रीले व्यक्त गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले पनि विश्वका अरू कुनै देश तथा भूभागमा देखिने महामारीको दरभन्दा यस संक्रमणको फैलावट दर बढी नभएको र चीनले यसको नियन्त्रणका लागि सक्दो उपाय अवलम्बन गरिरहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्