एमाले विवादः शीतयुद्धमा शीर्षनेता, सकसमा कार्यकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) शीर्षनेताकै कारण एकता ओझेल पर्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका कारण पार्टी एकता आझेल पर्दै गएको हो ।

दोस्रो तहका नेताले पार्टी एकताबद्ध बनाउन अनौपचारिक÷औपचारिक छलफल तथा दबाब दिइरहे पनि ओली–नेपाल ‘शीतयुद्ध’को ठोस निर्णय हुन नसकिरहेको गुनासो नेता–कार्यकर्ताको गुनासो छ । एक एमाले केन्द्रीय कमिटी सदस्यका अनुसार पार्टी एकताबद्ध बनाउन गाउँदेखि केन्द्रसम्मका सबै नेताको चाहना छ ।

तर, ओली र नेपालकै कारण एकता ओझेलमा पर्दै गएको छ । एकअर्कालाई घोचेच गर्दै आरोप–प्रत्यारोपमा उत्रिएपछि कार्यकर्ता निराश छन् । ‘पार्टी विधानअनुसार सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने नेताको शीतयुद्धले एमाले एकताबद्ध हुन सकिरहेको छैन,’ ती सदस्य भन्छन्, ‘७० वर्ष पुगिसकेका नेताले अब सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा नगरी झगडा गरेर एमाले र युवा नेताको भविष्यसँग खेलवाड गरिरहेका छन् ।’ ओली–नेपाल विवाद बढ्दै गएपछि एमाले विभाजन डिलमै पुगेको छ ।

यद्यपि, ‘वारपार’को वार्ता गराउने प्रयास भने जारी छ । तर, ओली र नेपाल एकठाउँ बस्न रुचाइरहेका छैनन् । दोस्रो तहका नेताले उनीहरूलाई भेटघाटका लागि दबाबसमेत दिइरहेका छन् । ओली–नेपाल दूरी बढ्दै गएपछि पार्टी एकता ओझेल पर्दै गएको बुझाई आमकार्यकर्ताको छ । बुधबार वरिष्ठि नेता नेपाल भेट्न पुगेका उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङबीच पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको छ ।

रावल र नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेर एकता’bout छलफल गरेको स्रोतले जनायो । विगठित कार्यदल संयोजकद्वयसमेत रहेका रावल र नेम्वाङले १०बुँदे प्रस्तावका आधारमा पार्टी एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल गरेका छन् । १०बुँदे सहमतिका साथै पछिल्लो समय ओली पक्षबाट आएका विभिन्न प्रस्ताव’bout छलफल गर्दै नेताहरूले मिलनबिन्दू खोजी जारी राखेका छन् । तर, ओली–नेपाल ‘ शीतयुद्ध’का कारण दुबै एकठाउँ बसेर छलफल गर्ने वातावरण बन्न सकिरहेको छैन ।

रावल र नेम्वाङले नेपाललाई ओलीसँग भेटघाट गर्दै पार्टी एकताका लागि छलफल गर्न सुझाव दिएका छन् । उता, ओलीलाई पनि नेताहरूले नेपालसँग भेटघाट गरेर समस्याको समाधानसहितर पार्टी एकताबद्ध बनाउन सुझाव दि“दै आएका छन् । नेता नेम्वाङले एकताका लागि आन्तरिक छलफलमा आफूहरू रहेको बताए । ‘दुबै नेता एकठाउँमा बसाएर पार्टी एकताबद्ध कसरी बनाउँन सकिन्छ ? भन्ने’bout लागेका छौं,’ नेम्वाङले भने ।

ओली र नेपाललाई केही दिनयता भेटाउने गृहकार्यमा नेताहरू रहे पनि वातावरण बन्न सकेको छैन । नेता रघुजी पन्तले छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गरे । ‘हामी गृहकार्यमै छौं,’ उनले भने, ‘छिट्ट ओली र नेपालबीच छलफल हुनेछ ।’ आयोग विघटनप्रति आपत्ति एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनअपेक्षामाथि प्रहार भएको भन्दै तत्काल सच्याउन माग गरेका छन् । राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको जमिन अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको एमालेले जनाएको छ ।

करिब १४ महिना अवधिमा आयोगले मुलुकका ७ सय ४७ पालिकासँग सम्झौता गरेको र त्यसअवधिमा २ लाख ४७ हजार ९ सय ६० दलित, सुकुम्बासी तथा ९ लाख २२ हजार ८ सय १ अव्यवस्थित बसोबासीले विवरण फारम भरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी