काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदाै लागेपछि काेराेना संक्रमण घटदै जाने प्रक्षेपण गरेकाे छ । आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण मन्त्रालयले गरेको छ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख भए अनुसार ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ। प्रस्तुत तथ्यांकमा ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना व्यक्त गरिएको छ।
प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ। संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने प्रक्षेपण पनि गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)






