Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksकेएमसीमा नेपालमै पहिलो पटक रोवटिक न्यूरो सर्जरी शुरु

केएमसीमा नेपालमै पहिलो पटक रोवटिक न्यूरो सर्जरी शुरु

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हव बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्ने भएको छ ।

गत वर्षबाट डा. सुनिल शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको जनाएको छ ।

काठमाडौं मेडिकल कलेजले पत्रकार सम्मेलन गरी नेपालमै पहिलोपल्ट न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको जनाएको छ ।

केएमसीलाई सुपरस्पेशियालिटीका रुपमा विस्तार गर्न नेपालमै पहिलोपल्ट न्यूरो सेवामा अत्याधुनिक उपकरण सहितको सेवा सूचारु गर्न लागिएको अध्यक्ष डा. शर्माले बताए । यो सेवा दक्षिण एशियामा केएमसी अगाडी भारतको बेङ्लोरमा २ वटा अस्पतालले मात्र ल्याएका छन् ।

‘दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं ।’ डा. शर्माले भने । केएमसीले कोरोना संक्रमण अगाडी नै रोवटिक सर्जरी सेवा सुरु गर्न खोजेपनि लकडाउनले उपकरणहरु ल्याउन ढिलो भएको हो ।

एस ८ स्टिल्थ सिस्टम विथ गाइड मार्फत न्यूरो सर्जरी गर्दा विरामीको मस्तिष्क तथा मेरुदण्डमा रहेका विभिन्न प्रकारका नसाहरु जोगाउन समेत सहयोग पुग्ने छ । ‘शरीरका कुनैपनि भागहरु चलाउन मस्तिष्कमा बेग्लाबेग्लै नसाहरु हुन्छन् । परम्परागत प्रविधिबाट मस्तिष्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरु काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो । पुरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्दथ्यो ।’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाले भने–‘यो पद्दतिबाट न्यूरो शल्यक्रिया गर्दा मस्तिस्कका कुनैपनि भाग तथा नसाहरुमा नोक्सानी नपुर्याइकन ट्युमर निकाल्न सकिन्छ भने, शल्यक्रिया गर्न सानो प्वाल पारेमात्रै पुग्छ ।’

एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टम न्यूरो सर्जरीमा कम्प्लिट प्याकेज हो । यसबाट न्यूरो सर्जरी र ढाड तथा मेरुदण्डको शल्यक्रिया गर्दा विरामीले शल्यक्रिया पछि लामो समय अस्पताल बस्ने बाध्यता समेत हटेर जान्छ ।

कुनैपनि सर्जरी गर्दा एक्युरेसी र सेफ्टी महत्वपूर्ण भएको बताउँदै डा. थापाले क्रेनियल रोवर्ट टेक्नोलोजी नेपालको लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरे । ‘सानो प्वाल पारेर मस्तिस्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ । शल्यक्रियामा कम समय लाग्छ, विरामीहरु छिटो डिस्चार्ज हुन्छन् ।’ डा. थापा भन्छन् ।

अहिलेसम्म सर्जनहरुले शरीरका भित्री अङगहरु खासगरी मस्तिष्क, मेरुदण्डहरुको सर्जरी गर्ने बेलामा काल्पनिक थ्रिडी बनाएर काम गर्दथे । तर, केएमसीले भित्र्याएको नेभिगेसन सिस्टमले सर्जनहरुलाई थ्रिडी मनिटरमा ट्युमर कहाँ छ, कुन नसा कहाँ छ जानकारी दिन्छ । जुन ठाउँमा ट्युमर छ सर्जनहरु थ्रिडी मनिटरको माध्यमबाट त्यहीँ पुग्न सक्छन् । ठूलो शल्यक्रिया गर्नुपर्दैन ।

यसले मस्तिस्क तथा मेरुदण्डका कुनैपनि शल्यक्रियाहरुको उपचारमा ९५ प्रतिशत सम्म एक्युरेसी हुन्छ । यसअघि अनुमानको भरमा गरिने शल्यक्रियाले ८० देखि ८५ प्रतिशत मात्रै एक्युरेसी दिने गर्दथ्यो ।

केएमसीले ल्याएको रोवर्ट विश्वव्यापी रुपमा न्यूरोलोजी विधामा उपयोग भएको आधुनिक टेक्नोलोजी युक्त हो । क्रेनियल रोवर्टले मस्तिस्कमा पाइपहरु, ट्युव्सहरुलाई जुन ठाउँमा पठाउनु पर्ने हो त्यहीँ फिक्स गरेर पुर्याउँछ । ‘यसले मस्तिष्कको भित्री भागको वायोप्सी गर्दा त्यहाँबाट कुनैपनि मासुको टुक्रा निकाल्नको लागि सहयोग पुग्छ । ट्युमर, छारे रोग, पार्किन्सन गम्भिर प्रकारका रोगहरुको उपचारमा टेवा पुग्ने छ ।’ नशा तथा मेरुदण्ड र हड्डी सम्बन्धी भित्री रोगको उपचारमा सहयोग पुग्ने डा.थापाको भनाई छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

केएमसीले भित्र्याएको एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ इन्ट्रा अपरेटिभ न्यूरो सिस्टम हो । यसले शल्यक्रियाको बेलामा विरामी सुतिसकेपछि उसको कुन दिमागको भागले हात चलाउँछ, कुन भागले खुट्टा चलाउँछ, कुन भागले बोलीमा असर पर्छ ती भागहरुलाई सुरक्षा प्रदान गर्न सहयोग गर्दछ ।

‘यो पद्दतिमा दिमागको कुन–कुन भागहरुले काम गर्दछन् ती भागहरुलाई बचाएर शल्यक्रिया गर्न सक्छौं ।’ पत्रकार सम्मेलनमा डा. थापाले भने । यसअघि मस्तिस्कको कुनैपनि भागको शल्यक्रिया गर्दा अन्य भागहरुमा क्षती पुग्ने संभावना धेरै हुन्थ्यो । विगतमा कतिपय शल्यक्रियाहरु गर्दा कसैको हात खुट्टा नचल्ने, कसैको बोली विग्रने गर्दथ्यो । इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमले यो समस्याबाट छुटकारा दिएको छ ।

यो सिस्टमले स्पाइनलको शल्यक्रिया गर्दा स्क्रुहरु कहाँ कसरी गइरहेको छ, अन स्क्रिनमै देख्न सकिने भएकोले शल्यक्रिया गर्ने छेउछाउमा रहेका नशाहरु जोगाउन ठूलै सहयोग पुग्ने डा. थापाको दावी छ । केएमसीमा भित्र्याइएको नयाँ टेक्नोलोजी प्रयोग गर्दा उपचारमा ९५ प्रतिशत भन्दा बढी सफलता हात पर्ने भनिएको छ ।

केएमसीले इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमसँगै नेभिगेटेड ड्रिल समेत भित्र्याएको छ । यो हड्डीहरुमा प्वाल पार्न प्रयोग हुने गर्दछ । यो नेभिगेसन सिस्टमसँग जोडिएकोले चिकित्सकहरुले कुनैपनि हड्डीहरुमा प्वाल पार्दा मनिटरबाटै कसरी ड्रिल भइरहेको छ थ्रिडी स्क्रिनमै हेर्न सक्छन् । यो पद्दतिले दुरविनको सहायतामा गरिने विभिन्न शल्यक्रियाहरुमा सहयोग पुग्ने बताइएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

यस्तै केएमसीले भित्र्याएको अर्को नविनतम सिस्टम हो एमआईएसएस सिस्टम । यो स्पाइनको कम्प्लेक्स सर्जरीहरुमा प्रयोग गरिन्छ । यी सबै अत्याधुनिक उपकरणहरुको प्रयोगबाट शल्यक्रिया गरेको विरामीलाई त्यहि दिनमा वेडबाट उभ्याएर हिँडाउन सकिने डा. थापाको दावी छ । ‘स्पाइन सर्जरीको विरामीलाई सबैभन्दा ठूलो डर कहिले ठिक हुन सकिन्छ, घर जान पाइन्छ भन्ने हुन्छ । अब विरामीहरुलाई शल्यक्रिया गरेको भोलीपल्टै घर पठाउन सकिन्छ ।’

केएमसीले नयाँ व्यवस्थापन आएसँगै आउँदा दिनहरुमा न्यूरो सर्जरी, युरोलोजी र साइत्रेटिकलाई एउटै सेन्टरमा राखेर एड्भान्स न्यूरो सेन्टर बनाएर काम गर्ने योजना बनाएको छ । ‘केएमसी आउने विरामीहरु न्यूरोलोजी, युरोलोजी, साइक्रेटिक डाक्टर भेट्ने भनेर आउनु पर्दैन । रोग मात्र बोकेर आउँदा हुन्छ ।’ विरामीलाई सम्बन्धीत विज्ञहरुले सिधै उपचार मात्र गर्दैनन् त्यो रोगसँग सम्बन्धीत अन्य विशेषज्ञहरुको टीम मिलेर उपचार गर्ने डा. थापाको भनाई छ ।

केएमसीमा न्यूरो सर्जन डिपार्टमेन्टमा ४ जना एमसिएच न्यूरो सर्जनहरु रहेका छन् । केएमसीको न्यूरो सर्जरीबाट अहिले सम्म ६ हजार बढीले उपचार पाइसकेका छन् । केएमसीले अमेरिकाबाट करिब १० करोडको लागतमा रोवटिक सर्जरी उपकरण ल्याएको हो ।

केएमसीले भित्र्याएको विश्वस्तरीय उपकरणले जटिल तथा गम्भिर प्रकारका रोगहरुको उपचारमा विदेश जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 110 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

साताका लोकप्रिय समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

ट्रेन्डिङ

दैलेखमा ६५० जना कोरोना जितेर घर फर्किए, थप ९ जनामा संक्रमण

दैलेख । कर्णाली प्रदेशको कोरोनाको हटस्पट बनेको दैलेखमा ६ सय ५० जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना पोजेटिभ पुष्टि भएका ७ सय...

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा

काठमाडाै‌ं ।  नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)