सर्लाही । सर्लाही चन्द्रनगर गाउँपालिका अध्यक्षले आफुलाई बदनाम गराउने प्रपंच रचिएको बताएका छन । चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा विषय बस्तु उठाएर प्रपंच रचि राजनैतिक करण गरी केही व्यक्तिले आफुलाई बदनाम गराउने खेल भएको अध्यक्ष महतोले दाबी गरेका छन् ।
आर्थिक वर्ष २०७७।०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका–१ स्थित रामवृक्षको घरदेखि भैसियाहीसम्मको सडक स्तरोन्नति तथा मर्मत सम्भारको कार्य गर्नको लागि स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति गठन गरिएको थियो । रामवृक्षको घरदेखि बेचन पासवानको घर हुदै भैसियाही खोलासम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको थियो ।
गलत मानसिकता भएका केही व्यक्तिको निजी स्वार्थ पूरा नहुदा राम्रो कामलाई नराम्रो भनेर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई बद्नाम गराउन प्रयास गरेको महतोले बताए । केही सञ्चार कर्मी मित्रले गाउँपालिकाको अधिकारिक व्यक्तिको प्रतिकृया बिना एकतर्फी समाचार बनाई संप्रेषण गरेको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरी गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई पनि कानुनी दायरामा ल्याउने कार्य भइरहेको अध्यक्ष महतोले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
१६ लाख ७७ हजार जनसहभागिता सहित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा कहीं कुनै किसिमको अनियमितता नभएको गाउँपालिका अध्यक्ष महतोले दाबी गरे । चन्द्रनगर गाउपालिकाका सबै जनता सरोकारवालाहरुलाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न पनि अध्यक्ष महतोले आग्रह गरेको छ ।






