लुम्बिनीका मुख्यमन्त्री केसीले बनाए ७ सदस्यीय मन्त्रीमण्डल

बुटवल । मुख्यमन्त्री कूल प्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएसँगै सानो मन्त्रीमण्डन बनाएका छन् । कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूलाई समावेश गरी ७ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री केसीले बिहीबारै ७ सदस्यी मन्त्रिमण्डल विस्तार गरेका छन । केसीले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि ६ जना मन्त्रीले सपथ लिएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका ६ जना मन्त्री बनेका हुन । जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद मध्ये ३ जना नैं मन्त्री बनेका छन् ।

नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्ण ध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् । यस्तै जनता समाजवादीका पुर्मती ढेगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । शाही सूर्य चुनाव चिन्हबाट चुनाव लडेका थिए । रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा बिना बिभागीय मन्त्री थिइन । गठबन्धनले १० सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति गरेको छ । बाँकी मन्त्री केही समय पछि बनाउने गठबन्धनको तयारी छ ।

दिउँसो प्रदेश प्रमुख मुख्यमन्त्रीमा केसीको मात्रै दावी परेको थियो । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेश भएको दाबी अनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरी दिवसमा गृहमन्त्री गुरुङले भने– ‘राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन’