अन्ततः इटहरीका मेयर र कांग्रेसबीच जुट्यो सहमति

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र नेपाली कांग्रेसबीच सहमति जुटेको छ ।
बुधबार इटहरी ४ का यामप्रसाद ढकाललाई पैनीमाथि घर बनाएको भन्दै मेयर चौधरीले कार्यकक्षमै थुनेपछि आक्रामक बनेको कांग्रेस र मेयर चौधरीबीच शुक्रबार सहमित जुटेको हो ।

सेवाग्राहीप्रति गलत कदम नदोहो¥याउने प्रतिवद्धता सँगै सहमति जुटेको कांग्रेस नगर सभापति हेमकर्ण पौडेलले जानकारी दिए । सार्वजनिक ऐलानी जमीन, खोला, पैनीमा बनेका व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको जमीन प्रचलित ऐन कानूनको अधिनमा रही विधि पपप्रक्रिया पूर्वक राजनीतिक पूर्वाग्रह नराखी उपमहानगर मातहतमा ल्याई संरक्षण गर्ने कुरामा कांग्रेसले सहयोग गर्नेगरी सहमति भएको पौडेलले बताए । यस्तै, मेयर चौधरीबाट चरण–चरणमा भएका कार्यशैली तथा सामाजिक सञ्जाल प्रयोगबाट कसैलाई चोट पुग्ने खालका अभिव्यक्ति तथा व्यवहार भएको सन्दर्भमा आगामी दिनमा सम्पूर्ण नागरिक, कर्मचारी, अनुशासित, भद्र भएर काम गर्ने सहमति भएको छ ।

बुधबार नै कांग्रेसले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । सोही तालाबन्दी शुक्रबारको सहमतिले खोल्नृे र सबैखालका समस्याको संवाद र छलफल मार्फत समस्या समाधान गर्नेगरी सहमति जुटेको हो ।

मेयर चौधरीले सार्वजनिक जग्गा हडपेर बनेका संरचना भत्काइदिने भन्दै केहीदिनयता डोजरले संरचनाहरु भत्काउन सुरु गरेका थिए । उनले इटहरीमा रहेका सार्वजनिक जग्गामा बनेका सबै संरचना भत्काइदिने भन्दै डोजर आतंक सुरु गरेपछि कांग्रेस बुधबारबाट आन्दोलित बनेको थियो । बिहीबार मेयर चौधरीलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन समेत गरिएको थियो । शुक्रबार बिहान इटहरी १६ मा रहेको रोहित प्रसाईँको जग्गा नापजाँच गर्ने भन्दै मेयर चौधरीले सामाजिक सञ्जालमा मिडियाबाजी गरेपछि कांग्रेस रुष्ट बनेको थियो ।

मेयरका प्रत्यासी समेत रहेका प्रसाईँले आफूमाथि लाञ्छना लगाउने काम भएको भन्दै मेयर चौधरीको आलोचना गरेका थिए । शुक्रबार बिहान प्रसाईँको जग्गामा नगरप्रहरीलाई पठाएको भएपनि स्वयम् मेयर भने अनुपस्थित थिए । कांग्रेसले बिहानैदेखि भेला भएर मेयर चौधरीको कदमप्रति विरोध गरेपछि मेयर चौधरी अनुपस्थित भएका हुन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार