कान्द्रा नदीको बाढीले ५ सय मिटर हुलाकी सडक बगायो

धनगढी । तीन दिनदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीमा बाढी आउँदा कैलालीमा पाँच सय मिटर हुलाकी सडकमा क्षति पुगेको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएर क्षति भएको हो ।

बिहिबार रातीदेखि परेको भारी वर्षाबाट कान्द्रा नदीको बहाव बढेसंगै सो सडक बगाएको स्थानीयले बताएका छन । तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति आर्थिक वर्ष २०६६/६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाअन्र्तगतको सो सडक कान्द्रा नदीको बहावले बगाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।

बल्लतल्ल बनेको सडक कान्द्राको बाढीले बगायो । सँगै घरखेत पनि बगाउन लागेको स्थानीय लक्ष्मी चौधरीले बताइन् । उनले भनिन्, लालबोझीको झण्डै पाँच सय मिटर भन्दा बढी सडक बगाउँदा स्थानीयहरुले खेतमा बनाइएको आलीबाट हिड्डुल गरिरहेका छन ।

स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए । बगाएको सडक देखाउँदै उनले भने ‘यो सडकबाट हिड्दा छोटो हुन्थ्यो । अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ ।’

उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए । उनले भने– ‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको थियो । हुलाकी सडक शुरुमा केही कटान भइरहदा समेत तटबन्धन लगायतका कुनै प्रयास गरिएन् ।’

उनले समयमा सम्बन्धित निकायबाट तटबन्धनको गरिएको भए नदीले सडकमा क्षति नपुर्याउने बताए ।
भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो । ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन । अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा अघि बढाइएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिंगरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ । कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु