अजितको औसत प्रदर्शन

काठमाडौं । केन्याको नेरोवी सहरमा आयोजना भएको विश्व यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले औसत प्रदर्शन गरेका छन् । पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले निर्धारित दूरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे ।

तीन वर्षअघि हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा उनले ३ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यससमय उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए । १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४औं स्थानमा रहे । अस्वस्थताका बावजुत उनी च्याम्पियनसिप खेल्न केन्या पुगेका थिए ।

उनले पछिल्लो समय दशरथ रंगशालामा प्रशिक्षण गर्न नपाएको गुनासोसमेत गरेका थिए । पर्याप्त तयारीबिना उनले आफ्नो व्यक्तिगत समयमा सुधार गर्न असफल भए पनि यो उनको सिजनको उत्कृष्ट नतिजा हो । व्यक्तिगत प्रदर्शनमा सुधार गर्न नसके पनि दौड पूरा गरेकोमा प्रशिक्षक धनिराम चौधरीले सन्तुष्ट रहेको बताए । अजित बिरामीबाट पूर्णरूपमा रिकभर नभइसकेकोले दौड पूरा गर्नु नै महŒवपूर्ण भएको धनिरामले नैरोबीबाट बताए । ‘सोचेभन्दा राम्रो भयो । ऊ पूर्णरूपमा ठीक थिएन ।

दौड पूरा गर्दैन कि जस्तो शंका भएथ्यो तर पूरा ग¥यो, सन्तुष्ट छु ।’ केन्या जानुअघि अजित बिरामी भएकोले औषधि खाएर गएको प्रशिक्षक धनिरामले बताए । ‘यहाँको अल्टिच्युट पनि १ हनार ८ सय छ । अब हामीले धेरै ट्रेनिङ पनि गर्न पाएनौं । त्यहीमाथि औषधि खाएर आएको थियो । बिरामी हुँदा पनि गर्न सक्यो खुसी छु ।’ प्रशिक्षक चौधरीले भने, ‘यस दौडले धेरै अनुभव हासिल भएको छ । अब लङ टर्म योजना बनाएर ट्रेनिङ ग¥यो भने अझ राम्रो नतिजा आउँछ ।’

एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेको आधारमा उनले विश्व जुनियर एथलेटिक्स च्याम्पियनसिपमा खेल्ने अवसर पाएका हुन् । अजितले यसै अगस्टमा भारतको पञ्जाबमा भएको १९औं यू–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) दौरान अस्वस्थ हुँदा कमजोर प्रदर्शन गरेका थिए । पुरुष १५ सय मिटर दौड ४ मिनेट ३२.५५ सेकेन्डमा पूरा गरेका अजित १४ जनामध्ये १२औं स्थानमा रहेका थिए ।

यस स्पर्धामा इथियोपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सकेन्डको समय निकाल्दै स्वर्ण जिते । ७ मिनेट ४४.५५ सकेन्डको समयसहित इथियोेपियाकै अली अब्दिलमानाले रजत र इरिट्रिया हबटम सामुएलले ७ मिनेट ५७.६९ सकेन्डको समयसहित कास्य पदक जिते ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम