माधव नेपालकाे पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी

 

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ । नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पुर्‍याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 651 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापन दीगो बनाउन महानगरको नयाँ सम्झौता