च्यासलको आफ्नै एकेडेमी

काठमाडौं । ललितपुरको ‘ए’ डिभिजन टोली च्यासल युथ क्लबले युवा खेलाडी विकास र उत्थानका लागि आफ्नै एकेडेमी सञ्चालन गर्ने भएको छ ।

च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकार्यमा फुटबल एकेडेमी सञ्चालन हुने भएको हो । एकेडेमी सञ्चालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकार र पुष्पसदन बोर्डिङ स्कुलका तर्फबाट प्रिन्सिपल रामधन राईद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरे । एन्फाका उपाध्यक्ष तथा ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले एन्फाबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अखिल नेपाल फुटबल संघका तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।
एकेडेमी च्यासल–पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट सञ्चालन हुनेछ । क्लबका ७ खेलाडी र स्कुलका ७ जना गरी जम्मा १४ जना खेलाडी पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो वर्षमा अन्य सात जना खेलाडी थप्दै कुल २१ खेलाडीलाई प्रशिक्षण दिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित