दुई युवाले बालिकालाई खुल्ला चौरमा करणी गरेपछि…

 

सुर्खेत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेका थिए । अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरी शुक्रबार राति पक्राउ परेका छन् । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा