काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र आयोजक ज्ञान निकेतन १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । जेभियर प्लस टु ब्वाइज तथा ज्ञान निकेतन स्कुलतर्फ ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
प्लस टु फाइनलमा जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले पराजित ग¥यो । जेभियरले फाइनल खेलेको यो लगातार चौथोपटक हो । अघिल्ला तीनै फाइनलमा जेभियर उपविजेतामा सीमित भएको थियो । स्कुलको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ६२–४३ ले हराउँदै उपाधि रक्षा ग¥यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय लियुश र विवेक ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष होम दोङ, सचिव फणिन्द्रमान श्रेष्ठ, ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवर र संरक्षिका लीला कुँवरलगायतले पुरस्कृत गरे । सोही अवसरमा ज्ञान निकेतनका सुरुवातका प्रशिक्षक निरञ्जन सत्याललाई नगदसहित सम्मान गरिएको थियो । १४ माघदेखि सुरु प्रतियोगिताको प्लस टुतर्फ १६ तथा स्कुलतर्फ ८ टिम सहभागी थिए ।