सिन्धुपाल्चोकमा बस दुर्घटनाः बसभित्रै च्यापिएर २ को मृत्यु

चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौ आउदै गरेको यात्रुवहाक बस सुनकोशी गाउँपालिका ३ कालिकाका छापा नजिकै दुर्घटना हुदा बसमा सवार ३० घाइते भएका छन् ।

बुधबार बिहान साढे ११ बजे बस सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

बसमा सवार मध्ये दुई पुरुषको बसभित्रै च्यापिएर मृत्यु भएको सुनकोशी गाउँपालिका ३ का वडाअध्यक्ष रामहरी खडकाले जानकारी दिए । बा ३ ख ८०३० नम्बरको पुर्व अरनिको यातयात कम्पनी प्रालि अन्र्तगत सञ्चालित बस लिसंखुपाखर गाउँपालिकाको वाफलबाट काठमाडौको लागि छुटेको थियो ।

बसमा सवार मध्ये दुइ जना बस भित्रै च्यापिएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल खाडिचौर र १५ लाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगतै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको ’boutमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका हिलाम्य सडकमा पूर्वाधारमन्त्री लम्साल !