१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।

यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ सय ८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको ठम्याइ छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१ दशमलव ४ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी २६ दशमलव ४ प्रतिशतले बढेको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४६ खर्ब ६३ अर्ब र निजी क्षेत्रमाथिको दाबी ४१ खर्ब ३६ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१ दशमलव ७ प्रतिशत र २७ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १४ दशमलव ७ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव १ प्रतिशत, २८ दशमलव ६ प्रतिशत र १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, सुनलगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना (साउन २०७८) मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५ दशमलव ८५ र आयातको वृद्धिदर ७५ दशमलव ६६ प्रतिशत पुगेको छ ।

यसैबीच भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक प्रकाशन गरेको छ । साउनमा मात्रै व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँबराबरको भएको छ । साउनमा व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ७० दशमलव ५९ प्रतिशतले बढेको छ । गत आवको यो महिनामा व्यापार घाटा मात्र ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यो महिनामा कुल वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको छ । साउनमा नेपालको कुल वैदेशिक व्यापारको आकार १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ नाघेको छ ।

गत आवमा चालू खाता ३ खर्ब ३३ अर्ब घाटामा
गत आर्थिक वर्ष २०७७-७८ मा चालू खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा छ ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति भने १ अर्ब २३ करोडले बचतमा आएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो ।

बजेटभन्दा बढी ऋण: कुल १७ खर्ब २८ अर्ब ऋण
नेपाल सरकारको कुल तिर्न बाँकी सरकारी ऋण १७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण ८ खर्ब ३२ करोड पुुगेको हो । यो नेपाल सरकारको एक वर्षको बजेटभन्दा पनि बढी हो ।

आर्थिक वर्ष २०७७-७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४० दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६ दशमलव ५ प्रतिशत रहेको थियो ।

सरकारले आर्थिक वर्ष २०७७-७८ मा मात्रै २ खर्ब २४ अर्ब १ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३६ अर्ब ९० करोड साँवा भुक्तानी गरेको छ । यस अवधिमा नेपाल सरकारले १ खर्ब ८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ४ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १२७ अर्ब १८ करोड बाह्य ऋण परिचालन गरेको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै
आर्थिक वर्ष २०७७-७८ मा चालू खाता घाटामै देखिएको छ । चालू खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । आर्थिक वर्ष २०७६-७७ मा चालू खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७७-७८ मा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

कर्जा लगानीमा वृद्धि
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो ।

गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २७ दशमलव ८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ३० दशमलव ५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको कर्जा प्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको छ ।

कर्जामध्ये ६६ दशमलव १ प्रतिशत घर जग्गाको धितोमा र १२ दशमलव ७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति