मन्त्रिपरिषद् विस्तार’bout देउवा र प्रचण्डबीच सहमति

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिने’bout छलफल भएको छ। प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा सहभागी मध्येको एक तत्कालीन नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि नेताहरु सरकारलाई पूर्णता दिन सक्रिय बनेका छन् ।

गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको करिब डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग