सिन्धुली । कारागार कार्यालय सिन्धुलीमा रहेका कैदीबन्दीहरुले रसुवाका बाढीपीडित नागरिकहरुका लागि आर्थिक सहयोग गरेका छन् । बाढी पीडितहरुको राहत र उद्धारका लागि उनीहरुले कैदीबन्दीहरुबीच रकम संकलन गरि उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम पठाएका हुन् ।
कैदी बन्दीले एक लाख ६० हजार संकलन गरि बाणिज्य बैंक सिन्धुलीमार्फत सहयोग पठाएको कारागार कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मंगलबार उनीहरुले सरकारको आधिकारिक कोषमा रकम जम्मा गरेका हुन् ।
विपदको घडीमा मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी भावना प्रदर्शन गर्दै कैदीबन्दीले गरेको सहयोग प्रशंसनीय रहेको कारागार प्रशासनले जनाएको छ । सिन्धुली कारागारमा ३७९ जना कैदी बन्दी रहेका छन् ।
खाजा खर्च कटाएर बाढीपीडित बालबालिकालाई सहयोग
रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाहरुको उद्धार, राहत र अध्ययनका लागि भगवती बालक्लब कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीका बालबालिकाले खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् । भगवती अंग्रेजी माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालयमा गठित भगवती बाल क्लब मार्फत रकम संकलन गरि पठाएका हुन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ३२ हजार ७ सय रुपैंया सहयोग गरेका हुन् । क्लबकी अध्यक्ष सिन्डे«ला साशंकरले कोषमा जम्मा गरेको रकमको भौचर प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई हस्तान्तरण गरेकी छिन् ।
आफुहरु जस्तै बालबालिकाहरु बाढीबाट प्रभावित भएको खबर सुनेपछि बालक्लबले साथीहरुसँग खाजा खर्चको रकम जम्मा गरि सहयोग गरेको भगवती बालक्लबका संरक्षक एवम् भगवती अंग्रेजी माविका सिईओ कृष्ण उप्रेतीले जानकारी दिएका छन् ।
एकादशी समूहबाट सहयोग
यस्तै कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरको एकादशी समूहले पनि बाढी पीडितलाई सहयोग गरेको छ । समूहले समूहका सदस्यहरुबाट संकलन गरि ६ हजार ५ सय रुपैंया सहयोग गरेको जनाएका छन् ।
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन






