मध्यरातमा घरमा आगलागीमा हुँदा श्रीमान्–श्रीमतीको जलेर मृत्यु

 

लमजुङ । लमजुङमा घरमा आगलागीमा परेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका– ९ को सिम्पानीको स्याग्ले गाउँमा बस्ने उनीहरूको घरमा आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनका अनुसार राति साढे १ बजेतिर आगलागी हुँदा घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर कार्कीले सबै निदाएको समयमा आगलागी हुँदा तत्काल कसैले थाह नपाएको र घरभित्रै रहेका दम्पतिको जलेर मृत्यु भएको बताए । उनका अनुसार घरमा राखिएको खाना पकाउने ग्यास लिक भएर वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । उनीहरूका छोराछोरी थिएनन् ।

‘आगलागीको कारण खुल्न सकेको छैन तर उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्ने गरेको खुलेको छ । ग्यास लिग भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बढी मादक पदार्थ सेवन गर्ने गरेका कारण १५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएको हवल्दार गुरुङले जानकारी दिए ।

उक्त घरको ’round अन्य घरहरू नभएको र ढुांमाटाका गारो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । के कति भौतिक क्षति भयो भन्ने’bout यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । उनका अनुसार मृतक धर्मराज पूर्वगोरखा सैनिक हुन् ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत