घाँस काटन गएकी १५ वर्षीया किशोरीकाे मुख थुनेर बलात्कार

रौतहट । तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माधवनारायण नगरपालिका– ५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

पक्राउ परेका आरोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु